प्रविधिले जन्माएको व्यवसाय उबर, १० वर्षमा भयो ७६ अर्ब डलरको, टुटल पठाओ पनि यस्तै होलान् ?

क्लिकमान्डु २०७६ जेठ ४ गते ११:३४ मा प्रकाशित

ट्याक्सीको मनोमानीबाट हैरान राजधानीबासीका लागि केही समय अगाडि मोटरबाइकमा यात्रु बोक्ने दुई कम्पनी टुटल र पठाओ र भित्रिए । बंगलादेशमा सेवा दिइरहेको पठाओ र नेपालीले सुरु गरेको टुटलको सेवालाई राजधानीबासीले मन पराए । यी दुबैको व्यापारिक मोडेललाई लिएर कतिपयले आलोचना गरे भने धेरैले स्वीकार गरे ।

मोबाइलमा एप्लिकेशन खोलेर डिजिटल नक्सामा आफू चढ्ने ठाउँ र पुग्ने गन्तव्य टाइप गरेपछि कति पैसा लाग्छ थाहा भैहाल्छ । कन्फर्म बटन थिचेपछि नजिकै रहेको बाइक राइडलले एस्सेप्ट गर्छ, मिनेटभर मै तपाईको मोबाइलमा राइडको मोबाइलबाट फोन आउँछ । तपाईलाई लिन तपाई भएकै ठाउँसम्मै आएपुग्छ र सुरक्षित गन्तव्यमा लगेर छाडिदिन्छ ।

प्रविधिको विकासले हामीमाझ ल्याइदिएको यो सुविधा अहिले दैनिकरुपमा हजारौं राजधानीबासीले प्रयोग गरिरहेका छन् । यसले २ वटा फाइदा गरायो । पहिलो हो सस्तो र निश्चित शुल्क । यो तुलनात्मक रुपमा ट्याक्सीभन्दा सस्तो, छिटो भइदियो । र, दोस्रो हो यो निकै सहज छ । तपाई जहाँ हुनुहुन्छ बाइक राइडर तपाईलाई लिन त्यही आइपुग्छ । एकातिर समयको बचत र अर्कोतिर सस्तोमा सेवा लिन पाउँदा यसको बजार हरेक दिन बढीरहेको छ ।

यद्यपी समय सेवाग्राहीसँग उठाएको भ्याट नतिरेको विषयलाई लिएर दुबै कम्पनी विवादमा भने परेका छन् । व्यवसाय गरेपछि करबाट उन्मुक्ति हुँदैन । अझ मूल्य अभिबृद्धि कर(भ्याट) नतिर्नु आर्थिक अपराध नै हो । यो त भयो नेपालमा भएको टुटल र पठाओको कुरा ।
बाइकसँगै राजधानीबासीलाई सेवा दिने अर्को कम्पनी हो, सारथी । जसले ट्याक्सी मै सेवा प्रदान गरिरहेको छ ।

प्रविधिको विकासले जन्माएको यो सफल व्यवसाय ‘उबर’को नेपाली भर्सन मान्न सकिन्छ । अमेरिकाको शहरमा यात्रुको दैनिकीलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याई सेवा दिइरहेको यो व्यवसायको सिको गर्दै आज विश्वका विभिन्न देशमा यस्तै प्रकृतिका व्यवसायहरु सञ्चालनमा छन् ।

आज हामी त्यही उबरको व्यवसायिक सुरुवात र यसको सफलताको वरिपरी रहेर यसबारे केही खोतलने प्रयास गर्नेछौं ।
आजभन्दा करिब १० वर्ष अगाडि सन्. २००९ यसका संस्थापक ग्यारेट क्याम्पले न्यूयोर्कमा मध्यरातमा साथीहरुसँगको पार्टी सकाएपछि गन्तव्यमा पुग्नका लागि निजी ड्राइभरको सुविधा लिए । जसका लागि उनले ८ सय डलर खर्च गरेका थिए ।

त्यसैबेला उनमा उबरको सोच जन्म भएको भन्नेहरु छन् । उनले यसलाई व्यवसायिक रुप लिएर एउटै सवारीलाई धेरै जनासँग सेयर गरियो भने भाडा खर्च धेरै कम हुनेछ भन्ने सोच बनाएका थिए ।

तर कतिपय भने उबरको सोच फ्रान्सबाट आएको थियो । जतिबेला यसका संस्थापकहरु क्याम्प र कालानिक दुई जना साथी पेरिसको चिसो मौसममा ट्याक्सीको पर्खाइमा थिए । लामो समयसम्म बस्दा पनि ट्याक्सी पाएनन् । यही असुविधाबाट बच्न उनले उबरको सोच बनाएका थिए ।

तर जे होस आज उबर विश्व भरी नै सेवा दिइरहेको छ । चर्चा कमाइरहेको छ ।

उबरले विश्वका धेरै मानिसको यात्रालाई सहज बनाइदिएको छ । अमेरिकाबाट सुरु भएको यो व्यवसाय अहिले विश्वका ८३ भन्दाबढी देशका ६३३ वटा शहरमा यसको सेवा उपलब्ध छ । यसले कार मात्रै होइन, हेलिकप्टर र सेल्फ ड्राइभिङ र फुड सप्लाइको सुविधा समेत उपलब्ध गराइदिएको छ ।

उबरको सोच राम्रो भए पनि यसलाई सुरु गर्नका लागि सहयोग चाहिन्थ्यो । लगानी चाहिन्थ्यो । संस्थापक क्याम्पले सुरुमा केही साथीहरुको सहयोग लिए । अर्का संस्थापक कालानिकले कम्पनीमा सल्लाहकारका रुपमा प्रवेश गरे र व्यवसाय सुरु गरे । उबर सुरु गर्नुभन्दा अगाडि ग्यारेट क्याम्प स्टम्बल अपन नामक कम्पनीको सह–संस्थापक थिए । त्यस्तै, कालानिकले पनि आफ्नो स्टार्ट अप कम्पनी रेड सोसलाई १९ मिलियन डलरमा बिक्री गरेका थिए ।

कम्पनीले सेवा सुरु गरेपछि सन् २०१० मा उबरको भिटा भर्सन लञ्च गरे । कम्पनीले पहिलो कर्मचारीका रुपमा रायन ग्रेभ्स थिए । जसले कालानिकको ट्विटमा रिप्लाइ गरेको भरमा जागिर पाएका थिए । उनी सुरुमा जनरल म्यानेजर र पछि सीईओ समेत बनेका थिए ।
सन् २०११ मा उबर कम्पनीले सनफ्रान्सिसको शहरमा कार्यालयसँगै मोबाइल एप्लिकेशन समेत सुरु गरेका थिए । तत्कालिन समयमा कालो रंगका कारहरु मात्रै बुक गर्ने सुविधा थियो । तर उबरको यो व्यवसायिक मोडलले तत्कालिन समयसम्म धेरै चर्चा पाउन सकेको थिएन् । किनभने क्याबको खर्च ट्याक्सीको तुलनामा डेढ गुणा बढी थियो । सन् २०११ सम्म उबरको नाम ‘उबर क्याब’ थियो । तर त्यहाँका क्याब सञ्चालकहरुको चर्को विरोध भएपछि क्याब शब्द हटाइएको थियो ।

एक वर्षसम्म काम गर्दैगर्दा कम्पनीले धेरै रणनीतिहरु परिवर्तन गर्यो । सन् २०१२ को जुलाइ महिनामा उबर एक्स नामक सर्भिस सुरु भयो । जसअनुसार कुनै पनि व्यक्तिले आफ्नो गाडी यस अन्तर्गत चलाउन सक्थ्यो । यद्यपी कम्पनीमा जोडिनु अगाडि कारको आवश्यक कागजपत्र र पृष्ठभूमि परीक्षण गरिन्छ । तर यो मोडलले भने धेरैको मन जित्यो । व्यवसायले गती लियो ।

कम्पनीले कार हुने जो सुकैले पनि कम्पनीमा आबद्ध भइ काम गर्न सक्ने सुविधा थपिदियो । जसकाकारणले कार मालिकहरुले पनि आफ्नो फुर्सदको समयमा काम गरेर आम्दानी गर्न सक्ने भए ।

कम्पनीले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै कार मालिक र उनका ड्राइभरका लागि केही नियम बनाइदियो । ती नियममा रहेर काम गर्ने सबैका लागि सहज पनि भइदियो । यो सर्भिस सुरु भएसँगै यसले सफलताको गती लिन थाल्यो र केही समयपछि नै अन्य शहरहरुमा पनि विस्तार हुन थाल्यो ।

सन् २०१४ मा कम्पनीले हेलिकप्टर सर्भिस पनि सुरु गर्यो । तत्कालिन समयमा ३ हजार डलरमा न्यूयोर्कदेखि ह्याम्सटनसम्मको दुरीमा सेवा सुरु गरे । र, यो सेवालाई ‘उबर चपर’को नाम दिइयो ।

त्यसको एक महिनापछि अगस्ट २०१४ मा कम्पनीले ‘उबर पुल’ नामक सेवा पनि सुरु गर्यो । यो सेवाले भिन्दा भिन्दै यात्रुलाई एकअर्कोसँग जोड्ने काम गर्यो । जस्तो २ जना यात्रुहरु एउटै गन्तव्यमा जाँदैछन भने एकैपटक सेवा दिन सुरु गर्यो । यो सेवा मानिसका लागि निकै फाइदाजनक भयो । यसले कम्पनीको वृद्धिदर निकै बढ्यो ।

यसैक्रममा उबरले अनलाइन फूड अर्डरको रुपमा दोस्रो सेवा पनि सुरु गर्यो । जसलाई ‘उबर इट’को नाम दिइयो । जसले ३० मिनेटमा सेवा प्रदान गर्ने सोचबाट अगाडि बढ्यो ।

सन् २०१५ को मार्च महिनामा लक्जरी कार सर्भिस पनि सुरु गर्यो । जसमार्फत ल्याम्बोर्गिनी जस्ता लक्जरी कार समेत बुक गर्न सकिन्थ्यो । यसले धेरैको मन जित्यो । ल्याम्बोर्गिनीमा जस्ता विश्वका महंगा कारमा यात्रा गर्न चाहने र हैसियत नपुग्नेका लागि यसले थोरै शुल्कमा पनि यो सेवा लिन सकिने बनाइदियो । यसले धेरैको मन जित्यो ।

त्यसै समयमा कालानिकले सेल्फ ड्राइभिङ सेवाको समेत योजना बनाए । सन् २०१५ को मे महिनामा कम्पनीले रोबोटिक्स विभाग स्थापना ग¥यो र १४ सेप्टेम्बर २०१६ मा सेल्फ ड्राइभिङ सेवा उपलब्ध गरायो ।

सन् १०१७ सम्ममा अमेरिकाको क्याब बजारमा उबरको हिस्सेदारी बढेर ८० प्रतिशत पुग्यो । फलस्वरुप आज विश्वबजारमा यसको विस्तार दु्रत गतीमा भइरहेको छ । आजको दिनमा उबरको सम्पत्ति ७६ बिलियन अमेरिकी डलर पुगेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स