पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य



काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ तथा डिजल र मट्टितेलमा १/१ रुपैयाँका दरले मूल्य घटेको हो ।

त्यस्तै, हवाइ इन्धन र एलपी ग्याँसको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । मूल्य घटेपछि पेट्रोलको मूल्य १०९.५० रुपैयाँ, डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम गरिएको छ ।

निगमका निर्देशक एव प्रवक्ता ई. वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो ।

मूल्य समायोजनपछि भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सिमा मूल्यमा पेट्रोलमा रु. १५.६७ प्रति लि. र डिजेल रु. १६.६४ प्रति लि. ले नेपालतर्फ नै सस्तो कायम हुन पुगेको छ ।


क्लिकमान्डु