ज्योति लाइफले ल्यायो ३५ घातक रोगविरुद्धको बीमा योजना, ५० लाखसम्म सुरक्षा पाउने




काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न ३५ वटा घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा योजना जारी गरेको छ ।

शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गरी कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले भने, ‘कुनै पनि नेपालीको घातक रोगको कारण समयमा उपचार हुन नपाइ अकालमा मृत्यु हुनबाट बचाउन र उपचार खर्चको बोझको कारण घरबार समाप्त हुनबाट जोगाउने प्रयास गर्नेछ ।’

यो योजना अन्तर्गत जीवन बीमा योजनाहरुसँग ऐच्छिक सुविधा स्वरुप लिइ लाभ लिन सक्नेछन् ।

कार्यक्रममा बोल्दै कम्पनीका व्यवसायिक सद्भावना दूत तथा अभिनेता राजेश हमालले बीमा योजनाको प्रशंसा गर्दैै यो योजना जनहितमा भएको दाबी गरे ।

 


क्लिकमान्डु