साढे ८ प्रतिशत ब्याजदरमा वाणिज्य बैंकले घर र गाडी किन्न ऋण दिने, किस्ता कति तिर्नुपर्छ ?



काठमाडौं । काठमाडौंमा घर र गाडी मध्यमवर्गको लागि एउटा सपना नै हो ।

अहिले बैंक तथा वित्तीय संस्थामा ऋण दिने रकमको अभाव छ । जसको कारण ब्याजदर बढी छ भने सहज रुपमा ऋण नपाइने अवस्था छ ।

संचालनमा रहेका वाणिज्य बैंकमा सबैभन्दा सस्तो ब्याजदर पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको छ ।

वाणिज्य बैंकले प्रकाशन गरेको ब्याजदरको सूचना अनुसार आधार दर ५.३८ प्रतिशत छ । यो संचालनमा रहेका वाणिज्य बैंकमा सबैभन्दा कम हो ।

वाणिज्य बैंकले गाडी किन्नको लागि आधार दरमा ३ देखि ४ प्रतिशत थपेर ब्याजदर लिन्छ । यो भनेको गाडी किन्नको लागि कममा ८.३८ र ९.३८ प्रतिशत ब्याजदर हो । गाडी किन्नको लागि वाणिज्य बैंकले बढीमा ७ वर्षसम्मको लागि ऋण दिन्छ ।

अहिलेको राष्ट्र बैंकको नियम अनुसार कुन भ्यालुएसनको ५० प्रतिशत मात्र गाडी खरिदको लागि ऋण लिन सकिन्छ । हामीले हुन्डाई कम्पनीले हालै ल्याएको सेन्ट्रो म्यान्नालाई उदाहरणको रुपमा यहा प्रस्तुत गर्दैछौ ।

यसको हुन्डाईले तोकेको मूल्य २४ लाख ९६ हजार यो । राष्ट्र बैंकको नियम अनुसार १२ लाख ४८ हजार रुपैयाँ मात्र ऋण पाइन्छ । बाँकी १२ लाख ४८ हजार रुपैयाँ भने आफै जुटाउनुपर्छ ।

यदी कसैले १२ लाख ४८ हजार जुटाएपछि सो बराबरको रकम हुन्डाईको म्याग्ना खरिद गर्न सकिन्छ । यसको लागि तपाईले ७ वर्षसम्म अवधीको लागि ऋण पाउनुहुन्छ । वाणिज्य बैंकले आधार दरमा बढी नै दर तोकेर ब्याजदर निर्धारण गर्दा गाडी खरिदको लागि ९.३८ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ । यो भनेको मासिक रुपमा २० हजार २२१ रुपैयाँ इएमआई भर्नुपर्छ ।

अब घरको कुरा गरौं । घरको लागि वाणिज्य बैंकले न्यूनतम ५ देखि १५ वर्ष अवधीको लागि ऋण दिन्छ । अझै महिलाको नाममा गर्ने हो ब्याजदर कमी छ ।

आधार दर ५.३८ प्रतिशतमा ५ वर्ष अवधीको लागि ३ देखि ३.६७, १० वर्षसम्म अवधीको लागि ४ देखि ४.६७ जोडेर ब्याजदर लिन्छ । १५ वर्ष अवधीका लागि आधारमा दरमा ५ देखि ५.६७ प्रतिशत ब्याजदर जोडेर ब्याजदर तोक्छ ।

महिलाहरुले घर किन्न र बनाउनको लागि १० वर्षसम्म ३ देखि ३.६७ प्रतिशत आधार दरमा जोड्ने गर्छ भने १५ वर्ष अवधीको लागि ४.६७ प्रतिशत ब्याजदर जोड्ने गर्छ ।


क्लिकमान्डु