म्युचुअल फण्डको कन्तबिजोकः १३ मध्ये ३ वटाको मूल्य मात्रै आधारभूत मूल्य माथि (सूचिसहित)



काठमाडौं । सेयर बजारमा सामूहिक लगानीका लागि स्थापना भएका म्युचल फण्डहरु बुलिस ट्रेन्डमा रहोस् भन्ने आम चाहना हुन्छ ।

सुरक्षित लगानीका लागि महत्वपूर्ण मानिएका सामूहिक लगानी कोषले बजारलाई सबल र सक्षम बनाउन पनि महत्वपूर्ण योगदान दिन्छ । पछिल्ला दिनमा सेयर बजार राम्रै अंकले वृद्धि भएको छ ।

एकाध दिन केही घटबढ हुनु स्वभाविक नै हुन्छ । बजारशास्त्र र धितोपत्र बजारको प्राकृतिक नियम नै हो सेयर सामान्य अंकले बढ्नु र घट्नु पनि । संसार भर नै सेयर बजार भनेको हल्लाको बजारको रुपमा पनि चित्रण गरिन्छ ।

सामान्य घटनाले पनि बजारमा ठूलो प्रभाव पार्दछ । संसारभरको नियम नेपालमा लागू नहुने कुरै भएन ।

अमेरिकामा सामान्य घटना हुँदा त्यसको प्रभाव एशियाली सेयर बजारमा पर्दछ । यस्तै एशियामा कुनै घटना भयो भने त्यसले लण्डन स्टक एक्सचेञ्जलाई समेत प्रभाव पार्दछ । संसारभर नै सेयर बजारको गति र मति एउटै हुन्छ ।

तर नेपालमा पछिल्लो समय धितोपत्र बजारमा सेयरको अवस्था सकारात्मक दिशामा केन्द्रंीत छ । कारोवार मापक नेप्से परिसूचक बिहिबार १ हजार ३१८ को बिन्दुमा रहेको छ ।

तर सामूहिक लगानीका लागि स्थापना भएका १३ साूमूहिक लगानी कोष अर्थात् म्युचल फण्डहरुको अवस्था भने बजारको लय र गति समातेको जस्तो देखिदैन ।

नेपाल स्टक एक्सचेञ्जमा कूल १३ वटा सामूहिक लगानी कोषको कारोवार भएको छ । त्यस मध्ये ३ वटा सामूहिक लगानी कोषको मात्रै अवस्था सकारात्मक रहेको छ । ती लगानी योजनाको मूल्य मात्रै दोस्रो बजारमा आधारभूत मूल्य भन्दा माथि रहेको छ ।

१० वटा सामूहिक लगानी कोषको अवस्था भने दुरुहपूर्ण रहेको छ । ती योजनाको दोस्रो बजार मूल्य आधारभूत मूल्य भन्दा तल रहेको छ । सिद्दार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ मूल्य १० रुपैयाँ ५० पैसा छ ।

यस्तै एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ को बजार मूल्य १० रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै लक्ष्मी भ्याल्यू फण्डको बजार मूल्य १० रुपैयाँ ४० पैसा रहेको छ ।

तर ग्लोबल आइएमइ समुन्न्त स्किम १ को अवस्था खराब रहेको छ । सो योजनाको दोस्रो बजार मूल्य ८ रुपैयाँ ९५ पैसा रहेको छ । सिटिजन म्युचल फण्ड एकको अवस्था पनि उस्तै छ ।

दोस्रो बजारमा प्रतिइकाइ ९ रुपैयाँ ८९ पैसामा कारोवार भइरहेको छ । लक्ष्मी इक्विटी फण्ड ८ रुपैयाँ २४ पैसामा कारोवार भएको छ ।

नबिल इक्विटी फण्ड ८ रुपैयाँ ६१ पैसा, एनआइबिल प्रगति फण्ड ८ रुपैयाँ १५ पैसा, एनआइसि एशिया ग्रोथ फण्ड ९ रुपैयाँ ७५ पैसा, एनएमबी हाइब्रिड फण्ड १ को ९ रुपैयाँ ९१ पैसामा दोस्रो बजारमा कारोवार भएको छ ।

यस्तै, सानिमा इक्विटी फण्ड ९ रुपैयाँ ७० पैसा, सिद्दार्थ इक्विटी फण्डको प्रतिइकाइ ९ रुपैयाँ ७७ पैसामा कारोवार भएको छ ।

नाम प्रतिइकाइ मूल्य (रुपैयाँमा)
सिटिजन म्युचुअल फण्ड–१ ९.८९
ग्लोबल आइएमइ समुन्नत स्किम–१ ८.९५
लक्ष्मी इक्वीटी फण्ड ८.२४
लक्ष्मी भ्यालु फण्ड १०.४०
नविल इक्वीटी फण्ड ८.६१
एनआइबिएल प्रगति फण्ड ८.१५
एनआइसी एशिया ग्रोथ फण्ड ९.७५
एनएमबि हाइब्रिड फण्ड–१ ९.९१
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ १०.६७
सानिमा इक्वीटी फण्ड ९.७०
सिद्दार्थ इक्वीटी फण्ड ९.७७
सिद्दार्थ इक्वीटी ओरिएन्टेड स्किम १०.५०


पुष्प दुलाल