उद्योगमन्त्री यादवका निजी सचिव मन्त्रालयमै कुटिए



काठमाडौं । कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कर्मचारीबीच नै हातहालाहालको स्थिती उत्पन्न भएको छ ।

उद्योग विभागमा जान चाहेका शोभाकर रेग्मीलाई वाणिज्य विभागमा सरुवा गरिएको भन्दै नेपाली कांग्रेस निकट कर्मचारी संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी लगायतका नेताहरु असन्तुष्टी पोख्न मन्त्रालय बुधबार दिउसो मन्त्रालय पुगेका थिए ।

सो क्रममा उद्योगमन्त्रीका निजी सचिव प्रेम आचार्यसँग कुराकानी भइरहेको बेला संघ आबद्द एक कर्मचारीले टेबल ठटाएपछि हातहालाहाल भएको हो । उद्योगमन्त्रीका स्वकिय सचिव सन्तोष बिष्टका अनुसार कर्मचारीबीच विवाद र हातहालाहालको स्थिती उत्पन्न भएपछि मन्त्री यादवले प्रहरी बोलाएर थुनिदिने बताएपछि स्थिती साम्य भएको थियो ।

कर्मचारीले भने असमान तरिकाले कर्मचारी सरुवा गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । मन्त्री यादवले त्यस्तो भएको भए मन्त्रालयले भन्दापनि सामान्य प्रशासन मन्त्रालयले हेर्ने जवाफ दिएका थिए ।


क्लिकमान्डु