३ वर्षमा बीमा क्षेत्रबाट राज्यले लियो १८ अर्ब राजस्व



काठमाडौं । बीमा क्षेत्रबाट राज्यलाई आउने कर वर्षेनी बढ्दै गएको छ । तीन आर्थिक वर्षको अवधिमा बीमा कम्पनीहरुले राज्यलाई १७ अर्ब ९२ करोड ५८ लाख कर तिरेका छन् ।

आर्थिक वर्ष २०७२–०७३ मा बीमा व्यवसायबाट राज्यलाई ४ अर्ब ८५ करोड ६८ लाख रुपैयाँ कर तिरेको छ ।

जसमा नेपाल पुनर्बीमा कम्पनीले ३० करोड ६८ लाख, निर्जीबन बीमा कम्पनीहरुले २ अर्ब ९७ करोड र जीवन बीमा कम्पनीहरुले १ अर्ब ५८ करोड रुपैयाँ कर तिरेका छन् ।

यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा आउँदा बीमा कम्पनीहरुले ५ अर्ब ८७ करोड ८२ लाख रुपैयाँ कर तिरेको बीमा समितिले जनाएको छ । समितिका अनुसार उक्त आवमा नेपाल पुनर्बीमा कम्पनीले ५० करोड ३९ लाख, निर्जीबन बीमा कम्पनीले ३ अर्ब २६ करोड ५९ लाख, जीवन बीमा कम्पनीले २ अर्ब १० करोड ८४ लाख रुपैयाँ राज्यलाई कर तिरेका छन् ।

यस्तै अर्थिक वर्ष २०७४–०७५ मा ७ अर्ब १९ करोड राजश्व तिरेका छन् । पुनर्बीमा कम्पनीले ८७ करोड ७३ लाख, निर्जीबन बीमा कम्पनीले तीन अर्ब ८८ करोड ९४ लाख र जीवन बीमा कम्पनीहरुले २ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ राज्यलाई कर तिरेका छन् ।


क्लिकमान्डु