मेगा, एनबी र हिमालयन बैंकको ब्याजदर सार्वजनिक, कति प्रतिशतमा पाइन्छ ऋण ?



काठमाडौं । सञ्चालमा रहेको २८ वाणिज्य बैंकमध्ये बुधबार तीन वटा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बेस रेट परिवर्तन भएसँगै बैंकहरुले ब्याजदर परिवर्तन गरेका छन् । बुधबार मेगा, नेपाल बंगलादेश र हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

मेगा बैंकले यसअघि देखि नै दिँदै आएको मुद्दति निक्षेपको ब्याजदरलाई कायमै राखेको छ, यसमा कुनै पनि परिवर्तन गरेको छैन । मुद्दति निक्षेपमा संस्थागत ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत ब्याजदर कायमै रहेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अन्तर्गत बचतमा न्यूनतम ०.५० देखि ६.५० प्रतिशत सम्म रहेको छ । ऋण लिन चाहनेहरुले बैंकले तोकेको बेस रेटसहित आफुलाई अनुकुल हुने ऋण लिन सक्नेछन् । बैंकको बसरेट १०.२० प्रतिशत रहेको छ । यो बैंकबाट ओभरड्राफ्ट कर्जा लिने हो भने बेसरेटमा थप ० देखि ६ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

नविल, ग्लोबल, सेञ्चुरी र एसबिआइ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

यस्तै नेपाल बंगलादेश बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बचततर्फ न्यूनतम ०.२५ देखि अधिकतम ६.५० प्रतिशतसम्म ब्याज पाइने छ । यस्तै बैंकले नयाँ बेसरेट पनि सार्वजनिक गरेको छ । बैंकको बेसरेट १०.६९ प्रतिशत रहेको छ ।

बैंकबाट ओभरड्राफ्ट कर्जा लिनु परेमा बेसरेटमा १.५० देखि ५ प्रतिशतसम्म ब्याजदर जोडिने छ । शिक्षा कर्जा लिनु परेमा बेसरेटमा १.५० देखि ५ प्रतिशत जोडिने छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ दिँदै आएको ९.२५ र संस्थागततर्फ दिँदै आएको ८.५० प्रतिशतलाई कायमै राखेको छ ।

यस्तै हिमालयन बैंकले नयाँ बेसरेटसहितको ब्याजदर सार्वजनिक गरेको छ । बैंकको बेसरेट ९.१० प्रतिशत रहेको छ । बैंकले २.२० देखि ५ प्रतिशतसम्म ब्याद दिने जनाएको छ । बैंकबाट ओभर ड्राफ्ट कर्जा लिनु परेमा बेसरेटसहित ५.२५ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ दिँदै आएको ९.२५ र संस्थागततर्फ दिँदै आएको ८ प्रतिशतलाई कायमै राखेको छ ।


क्लिकमान्डु