नविल, ग्लोबल, सेञ्चुरी र एसबिआइ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?



काठमाडौं । सञ्चालमा रहेको २८ वाणिज्य बैंकमध्ये मंगलबार ५ बैंकले नयाँ ब्याजदर सार्वजानिक गरेका छन् । बेस रेट परिवर्तन भएसँगै बैंकहरुले ब्याजदर पनि परिवर्तन गरेर नयाँ कायम गरिएको छ ।

मंगलबार मात्रै नबिल, ग्लोबल आईएमई, सेन्चुरी, नेपाल एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजानिक गरे ।

नबिल बैंकले यसअघि देखि नै दिँदै आएको मुद्दति निक्षेपको ब्याजदरलाई कायमै राखेको छ । मुद्दति निक्षेपमा संस्थागत ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत ब्याजदर रहेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अन्तर्गत बचतमा न्यूनतम ३.२५ देखि ५.२५ प्रतिशत सम्म रहेको छ ।

यस्तै बैंकले ऋण लिन चाहनेहरुको लागि पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । ऋण लिन चाहनेहरुले बैंकले तोकेको बेस रेट जोडेर आफुलाई अनुकुल परेको ऋण लिन सक्नेछन् । बैंकको बसरेट ७.९९ प्रतिशत रहेको छ ।

यस्तै सेन्चुरी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बचततर्फ न्यूनतम १ देखि अधिकतम ६.५० प्रतिशतसम्म ब्याज पाइने छ । यस्तै बैंकले नयाँ बेसरेट पनि सार्वजनिक गरेको छ । सेन्चुरीको बेसरेट ११.३२ प्रतिशत रहेको छ । बैंकबाट ओभरड्राफ्ट कर्जा लिनु परेमा बेसरेटमा १ देखि ३ प्रतिशतसम्म ब्याजदर जोडिने छ । शिक्षा कर्जा लिनु परेमा बेसरेटमा १.५० देखि ३.५० प्रतिशत जोडिने छ ।

मंगलबार नयाँ ब्याजदर सार्वजनिक गरेको नेपाल एसबीआई बैंकको बेसरेट ९.७३ प्रतिशत रहेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ दिँदै आएको ९.२५ र संस्थागततर्फ दिने ८.५० प्रतिशतलाई कायमै राखेको छ ।

यस्तै ग्लोबल आइएमई बैैंकले पनि नयाँ बेसरेट सहितको ब्याजदर सार्वजनिक गरेको छ । जसमा ९.६० प्रतिशत रहेको छ । ग्लोबलले दिने नयाँ ब्याजदर ०.७५ देखि ६ प्रतिशतसम्म रहेको छ ।

बैंकबाट ओभर ड्राफ्ट कर्जा लिनु परेमा बेसरेटमा १ देखि ६ प्रतिशतसम्म लाग्ने छ । यस्तै होम, अटो लोन लिन परेमा बेसरेटमा १.५ देखि ५ प्रतिशतसम्म थप ब्याजदर लाग्ने छ ।


पुष्प दुलाल