बिरामी भएर अस्पताल भर्ना डेपुटी गभर्नर शिवाकोटी डिस्चार्ज, के भएको थियो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

राष्ट्र बैंकको बैठकमा भाग लिइरहेको समयमा अकस्माथ बिरामी भएपछि शिवाकोटीलाई मंगलबार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार भएपछि नर्भिक अस्पतालले उनलाई मंगलबार ७ बजे डिस्चार्ज गरेको हो ।

‘साझ ७ बजे अस्पतालले डिस्चार्ज गरेको छ,अब केही दिन आराम गर्छु,’शिवाकोटीले क्लिकमाण्डूसँग भने ।

उनले अस्पतालले आफुलाई मांशपेशीको दुखाई र ग्यास्ट्रिकको समस्या देखिएको बताएको जानकारी दिए ।


क्लिकमान्डु