४३ वर्षीय मारवाडीले जिते को बन्छ करोडपतिमा १ करोड, को हुन् उनी ?



काठमाडौं । ‘को बन्छ करोडपति’ कार्यक्रममा मोरङ विराटनगरका ४३ वर्षे राजीव जैनले १ करोड रुपैयाँ जितेका छन् ।

आइतबार प्रसारण भएको कार्यक्रममा जैनले १५ औं प्रश्नको रुपमा २००७ सालको प्रजातन्त्रपछिको ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ? भन्ने प्रश्नको सही उत्तर दिँदै १ करोड रुपैयाँ जितेका हुन् ।

नायक राजेश हमालले सञ्चालन गर्ने उक्त कार्यक्रममा १ करोड रुपैया जित्ने उनी पहिलो व्यक्ति हुन् । नेपालमा सञ्चालित पहिलो संकरणमा यस अगाडि ६ लाख ४० हजार मात्रै जित्न सफल भएका थिए ।

दिल्ली विश्वविद्यालबाट फ्याकल्टी अफ म्यानेजमेन्टमा सन् २००३ एमबीए सकाएर उनी अहिले काठमाडौंमा व्यापार गर्छन् । परिवारसँग विगत १० वर्षदेखि ललितपुरको सानेपामा बस्दै आएका छन् ।

क्रिकेट, फुटवल र क्विजमा रुची राख्ने उनी एसएलसीमा मोरङ जिल्ला टपरसमेत हुन् । नेपालमा आईए र बीबीएस पूरा गरेका उनी त्यसपछि दिल्ली गएका थिए ।

विराटनगरको अरनिको स्कुलबाट अध्ययन सुरु गरेका राजीवले जितेको १ करोड रुपैयाँ सामाजिक काम तथा स्वदेश तथा विदेशको भ्रमणमा खर्च गर्ने योजना बनाएका छन् ।


क्लिकमान्डु