दैनिक साढे ३ लाख कमाउने चन्दा कोचर, यसरी फसिन ३२ अर्बको ऋण घोटाला काण्डमा



चन्दा कोचर भारतको बैंकिङ क्षेत्रमा परिचित नाम हो । भारत जस्तो देशमा महिला भइकन पनि आफ्नै क्षमता र बलबुताले सफलताको उचाइ छुने निकै कम महिलामध्ये उनी पनि एक हुन् । उनी जीवनमा सफल मात्रै होइनन, प्रभावशाली महिलाका रुपमा विश्वभरी नै नाम कमाइन् । कर्पोरेट संसारमा पाइला अगाडि बढाउँदै गरेका कैयन आगन्तुकका लागि प्रेरणाकी खानीसमेत हुन् ।

उनको परिचय भारतमा मात्रै सीमित नभइ अन्तर्राष्ट्रियस्तरमा समेत उत्तिकै प्रभावशाली छ । जीवनका हरेक क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरेकी उनलाई सफल बैंकरका रुपमा मात्रै परिचय जोडियो भने अपूरो हुन्छ । परिवार र व्यवसायिक जीवनमा सन्तुलन मिलाउँदै कसरी अगाडि बढ्न सकिन्छ भन्ने उनी उदाहरण पनि हुन ।

सन्तानका लागि आमाका रुपमा, परिवार सम्हाल्ने गृहिणीका रुपमा, व्यवसायिक जीवनमा बिजनेश वुमनका रुपमा, तथा नेतृत्वको हिसाबले सिर्जनात्मक र सपना देख्ने र पूरा गर्न सक्ने उनको कलाको प्रसंशा जति गरे पनि कमै हुन्छ ।

भारतमा रिटेल बैंकिङ प्रबद्र्धन गर्नमा कोचरको भूमिका निकै महत्वपूर्ण मानिन्छ । फोब्र्सको विश्वकै १ सय प्रभावशाली महिलाको सूचीमा सात पटकसम्म परेकी उनी भारतको वित्तीय तथा बैंकिङ क्षेत्रमा प्रभावशाली महिलाको रुपमा लिइन्छ । भारतको तेस्रो ठूलो ऋणदाता आईसीआईसीआई बैंकलाई यहाँसम्म ल्याउन उनले निर्वाह गरेको जिम्मेवारी अतुलनीय छ ।

भिडियोकोन ग्रुपका अध्यक्ष वेणुगोपाल धुतले सन् २०१२ मा आईसीआईसीआई बैंकबाट ३ हजार २५० करोड ऋण लिएका थिए । जसबाट कोचर परिवारले करोडौंको व्यक्तिगत लाभ लिएको प्रमाणित भएको छ ।

तर उनी कोचर अहिले बैंकको आन्तरिक नीति र व्यवसायिक आचारसंहितामा दोषी ठहर गरेको छ । जसले गर्दा उनको सफलता उचाइ छुने सपनाको बाटोमा काँडा उम्रिए जस्तै भएको छ । सफल र प्रभावशाली महिलाका रुपमा चम्किलो नाममा दाग लागेको छ ।

बैंकको ऋण दूरुपयोग काण्डमा दोषी देखिइन् । छानविन समितिले कोचरलाई दोषी ठहर ग¥यो । पदको दुरुपयोग गरी भिडियोकोन समूहलाई ऋण दिइ व्यक्तिगत फाइदा लिएको उनीमाथि आरोप लाग्यो । त्यतिमात्रै होइन, सीबीआईले कोचर उनका पति दीपकमाथि आपराधिक षड्यन्त्र र ऋण दूरुपयोग अन्तर्गत मुद्धा दायर गर्यो ।

अहिले कोचरले राजीनामा गरिसकेकी छिन् । तर बैंकले दोषी पाएकाले उनलाई बैंकले बर्खास्ती गर्ने निर्णय गरिसकेको छ । उनलाई बैंकले दिने कुनै पनि सुविधा उपलब्ध हुने छैन् । यतिसम्म कि बैंकले सन् २००९ देखि २०१८ सम्म लिएको बोनस ब्याजसहित फिर्ता गर्न निर्देशन समेत दिएको छ ।

यस्तो थियो घटना

भिडियोकोन ग्रुपलाई बैंकमार्फत ऋण उपलब्ध गराएवापत कोचर परिवारले ठूलो लाभ लिएको अनुसन्धाबाट खुलेको छ । भिडियोकोन ग्रुपका अध्यक्ष वेणुगोपाल धुतले सन् २०१२ मा आईसीआईसीआई बैंकबाट ३ हजार २५० करोड ऋण लिएका थिए । जसबाट कोचर परिवारले करोडौंको व्यक्तिगत लाभ लिएको प्रमाणित भएको छ ।

आईसीआईसीआई बैंक सम्पत्तिका आधारमा भारतको तेस्रो र बजार क्यापिटलाइजेसनका आधारमा चौथो ठूलो बैंक हो । बैंक न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचिकृत भएको भारतको पहिलो बैंक हो ।

बैंकबाट लिएको ऋणको रकममध्ये केही रकम तिरेर २,८१० करोड रुपैयाँ तिरेनन् । बैंकले यसलाई नन परफर्मिङ एसेट (एनपीए) अर्थात नउठ्ने पैसा भनि घोषणा नै गर्यो ।

सन् २०१६ मा सञ्चार माध्यममा भिडियोकोन ऋणमा भएको दुरुपयोगबारे समाचार आए पनि त्यसले प्राथमिकता पाएको थिएन । तर सन् २०१० मा उनका पति दीपक कोचरले स्थापना गरेको कम्पनीका समाचार आएपछि भने ठूला मिडियाको नजर यसमा प¥यो । फलस्वरुप यति ठूलो बैंकिङ घोटला बाहिर आयो ।

करिअरको उडान

उनले आफूलाई करिअरको सुरुवाती दिनदेखि आजसम्म पनि आफूलाई प्रमाणित गरिरहेकी छन् । सन् २०१४ को फरच्यून ग्लोवल एनलाइसिसमा ५० प्रभावशाली महिनाको सूचीमा सूचिकृत समेत भइन । आजको समयमा उनी र उनको सशक्तिकरणका धेरै महिलाका लागि रोल मोडल समेत हुन ।

आईसीआईसीआई बैंकको महत्वपूर्ण सदस्यका रुपमा बैंकको विकास र विस्तारमा उनले खेलेको भूमिका निकै महत्वपूर्ण छ । व्यवसायमा उनको सोच र त्यसको प्रतिफल लोभलाग्दो छ ।

भारतमा बैंकको विकास हुँदै गर्दा अन्य बैंकले ७ घण्टा सेवा दिइरहेका बेलामा उनले बैंकको सेवा विस्तार गरी १२ घन्टा पु¥याइन । त्यतिमात्रै होइन, इलेक्ट्रोनिक बैंकिङ प्रणाली अनुसार विकास विकास गर्नुपर्छ भन्ने सोच अन्तर्गत भारतभरी २ हजार वटा एटीएम मेनिस राखिन् ।
आज भारतमा आईसीआईसीआई बैंकको प्रभुत्वमा उनको भूमिका उल्लेखनीय मानिन्छ । उनको नेतृत्वमा बैंकले सन् २००१, २००३, २००४ र २००५ मा ‘बेस्ट रिटेल बैंक अफ इन्डिया’बाट सम्मानित समेत भएको थियो ।

पढाइ

चन्दा कोचरको जन्म सन् १९६१ नोभेम्बर १७ मा भारतको राजस्थानमा भएको थियो । जय हिन्द कलेज मुम्बईबाट ग्रयाजुएसन सकाएकी उनले आईसीडब्ल्युएआईबाट कस्ट अकाउन्टेन्सी पढिन् । जामनालाल बजाज इन्स्टिच्यूट अफ म्यानेजमेन्ट स्टडिजबाट स्नातकोत्तर पूरा गरिन जहाँ उनले व्यवस्थापकीय सीप हासिल गरिन् ।

अध्ययनका क्रममा उनी मेधावी छात्राका रुपमा परिचित थिइन् । जसको प्रमाण व्यवस्थापन संकायमा उनले वर्कहार्ट गोल्ड मेडलबाट समेत सम्मानित भइन् । त्यस्तै, कस्ट अकाउन्टेन्सीमा उनले जे. ए. बोस गोल्ड मेडल अवार्ड समेत पाइन ।

कलेजमा मेधावी छात्राबाट सम्मानित उनी सन् १९८४ मा आईसीआईसी बैंकमा टे«नी म्यानेजमेन्टका रुपमा गर्नु उनका लागि जीवनको टर्निङ प्वाइन्ट बन्यो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । जहाँ उनले आफूलाई प्रमाणित गरिन, नाम र दाम दुबै कमाइन् ।
सन् १९९४ मा चन्दा असिस्टेन्ट जनरल म्यानेजर बनिन् । त्यसको २ वर्षपछि सन् १९९६ मा डेप्युटी जनरल म्यानेजर बनिन । उनको नेतृत्वमा कम्पनीले नयाँ आयाम समात्यो । तीन वर्षपछि सन् १९९९ मा उनी जनरल म्यानेजरमा प्रमोसन पाइन् जहाँ उनलाई २ सय वरिष्ठ ग्राहकलाई हेर्ने जिम्मेवारी समेत पाइन् ।

कम्पनीले सन् २००० देखि रिटेल अपरेसन सुरु गर्यो । उनको नेतृत्व र भिजनरी आइडियोलोजीमा उनको र कम्पनीको सफलताको ग्राफ उकालो लाग्दै गयो । त्यसको केही वर्षपछि कम्पनी भारतको रिटेल क्षेत्रमा सबैभन्दा ठूलो कम्पनी बन्यो ।
उनको उक्त योगदानलाई सम्मानित गर्दै कम्पनीले उनलाई डेप्युटी म्यानेजिङ डाइरेक्टर नियुक्त गर्यो । सन् २००९ मा कोचरले सीओओको जिम्मेवारी पाइन् । र पाँच वर्षसम्म बैंकको म्यानेजिङ डाइरेक्टरका रुपमा काम गरिन् ।

सम्मानको ओइरो

कोचर सन् २००४ मा एसियन बैंकरले प्रदान गरेको रिटेल बैंकर अफ द इयरबाट सम्मानित भइन् । सन् २००५ मा इकोनोमिक टाइम्सले प्रदान गरेको बिजनेश वुमन अफ द इयरबाट समेत सम्मानित भइन् । सन् २००६ मा राइजिङ स्टार अवार्ड पाइन् । त्यतिमात्रै होइन उनी ३० शक्तिशाली महिला नेतृत्वको सूचीमा लगातार ८ वर्षसम्म निरन्तर रहिन् ।

सन् २०१० मा ट्रान्सफरमेसनल बिजनेश लिडर, फरच्यून शक्तिशाली महिलाको सूचीमा १० औं स्थान ओगटिन् । सन् २०१० मै फोब्र्सको सूचीमा शक्तिशाली महिलाको सूचीमा ९२ स्थानमा आइन ।

त्यस्तै, सोही वर्ष सीएनबीसी टेलिभिजनले ‘आउट स्ट्यान्डिङ बिजनेश लिडर अफ द इयर’का रुपमा सम्मानित भइन् । फाइनान्सियल टाइम्सले गरेको ‘वल्र्ड बिजनेशमा ५० शक्तिशाली महिला’को सूचीमा ११ औं स्थानमा कब्जा जमाइन् । भारत सरकारले सन् २०११ मा उनलाई पद्यभूषण अवार्डले समेत सम्मान ग¥यो ।


क्लिकमान्डु