शिवम् सिमेन्टका लगानीकर्ता मालामाल, एक महिनामै ३२ प्रतिशत कमाइ



 

काठमाडौं । तपाईं छोटो समयमै धेरै कमाउन चाहनुहुन्छ भने सेयर बजारमा प्रवेश गर्नुहोस् । किनभने यहाँ छोटो समयमै मालामाल कमाउन सकिन्छ । सेयर कारोबारबाटै संसारमा धेरै मान्छेहरु अर्बपति बनेका छन् ।

तर, उपयुक्त कम्पनी हेरेर, उपयुक्त समयमा उचित निर्णय गर्नसक्ने क्षमता छ भने मात्रै तपाईंले सेयरबाट पैसा कमाउनुहुन्छ । नत्र गरेको लगानी पनि घट्ने संभावना उत्तिकै छ ।

यो कम्पनीको सेयरमा लगानी गर्ने सेयरधनीले कहिल्यै पनि घाटा घानु परेन ।

नेपालकै सन्दर्भमा कुरा गरौं । एक महिनामा ३२ प्रतिशतको कमाइ कहाँ पाइन्छ र ? तर, यो महिना शिवम् सिमेन्टका लगानीकर्ताहरुको आम्दानी ३२ प्रतिशतले बढेको छ ।

कम्पनीको सेयरमूल्य लगातार बढेपछि लगानीकर्ताको कमाई बढेको हो । गत चैत २६ गते कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३१० रुपैयाँ थियो । बैशाख २६ गते १०१ रुपैयाँ अर्थात् ३२ प्रतिशतले बढेर प्रतिकित्ता सेयरमूल्य ४११ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्चमा सूचिकृत भएको एकमात्र सिमेन्ट उद्योग शिवम् सिमेन्टको सेयरमा लगानी गर्ने लगानीकर्ताहरुले एक महिनामा मालामाल कमाएका छन् ।

कम्पनीको आइपिओ किन्नेहरुले १११ रुपैयाँ कमाएका छन् । लगानीकर्ताले यो कम्पनीको आइपिओ ३०० रुपैयाँमा किनेका थिए । १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम जोडेर लगानीकर्ताले ३०० रुपैयाँमा सेयर किनेका थिए ।

एक महिनाअघि १३ अर्ब रुपैयाँ भएको बजार पुँजीकरण अहिले १८ अर्ब रुपैयाँ पुगिसकेको छ । चैत २६ देखि बैशाख २६ गतेसम्म यो कम्पनीका लगानीकर्ताको कमाइ ५ अर्ब रुपैयाँ भएको छ ।

सुरुमा सेयर किनेर बीचमै बेचेर भाग्नेहरुले केही कमाए उनीहरु यो कमाइको भागिदार हुन पाएनन् । कतिपय लगानीकर्ताले बढेको मूल्यमा किनेर घटेको मूल्यमा बेचेका पनि छन् । उनीहरुले त घाटा खेप्नुपर्यो । तर, जसले होल्ड गर्न सके उनीहरुको आम्दानी भने ह्वात्तै बढेको छ ।

यो कम्पनीको सेयरमा लगानी गर्ने सेयरधनीले कहिल्यै पनि घाटा घानु परेन ।

गत फागुन ७ गते मात्रै शिवमको सेयर दोस्रो बजारमा बिक्री खुल्ला भएको थियो ।

चैत ७ गते १६१ रुपैयाँदेखि ४८४ रुपैयाँसम्ममा पहिलो कारोबारका लागि खुल्ला गरिएको थियो ।

लगानीकर्ताले यो कम्पनीको सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम जोडेर ३०० रुपैयाँमा किनेका थिए ।

तर, कारोबार भएकै दिनदेखि कम्पनीको सेयरमूल्य ३०० रुपैयाँभन्दा तल झरेको छैन ।

गत बैशाख ९ गते कम्पनीको सेयरमूल्य घटेर ३०५ रुपैयाँमा झरेको थियो । त्यसयता भने मूल्य लगातार बढिरहेको छ । अन्तिम कारोबार मूल्य ४११ रुपैयाँ छ ।

कम्पनीको सेयरमा खरिद चाप उच्च छ । त्यसैले आगामी दिनमा पनि मूल्य बढ्न सक्ने अनुमान गरिएकोछ । बेच्नेभन्दा किन्नेको चाप बढी भएपनि सेयरको मूल्य बढ्छ ।

यो कम्पनीको सेयर मूल्य लगातार बढेपछि अरु सिमेन्ट उद्योगहरुलाई पनि सर्वसाधारण सेयर जारी गर्न प्रोत्साहन मिलेको छ । केही सिमेन्ट उद्योगले आइपिओ निष्काशनको प्रक्रिया पनि अघि बढाइसकेका छन् ।


पुष्प दुलाल