यो साता १ करोड ७५ लाख कित्ता नयाँ सेयर थपिए, कुन कम्पनीको कति ?



काठमाडौं । नेपला स्टक एक्सचेञ्ज (नेप्से)मा यो साता निकै ठूलो परिमाणमा सेयर थपिएका छन् । विभिन्न ९ कम्पनीका १ करोड ७४ लाख ९५ हजार ९८ कित्ता नयाँ सेयर थपिएका हुन् ।

नेप्सेका अनुसार हिमालयन बैंकको ४० लाख ७ हजार २ सय ६५ कित्ता, मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २ सय ८ कित्ता, साल्ट ट्रेडिङ कर्पोरेशनको ३ लाख ७ हजार ४ सय २४ कित्ता बोनस सेयर थपिएका हुन् ।

त्यसैगरी, स्पर्श लघुवित्तको ८ लाख ३० हजार ६ सय ३० कित्ता सारण सेयर थपिएको छ ।

त्यस्तै, ६६ लाख ६१ हजार १ सय ६३ कित्ता, भार्गव विकास बैंकको २ लाख ६४ हजार कित्ता, सिभिल लघुवित्तको ४३ हजार कित्ता, ७ लाख ३७ हजार ६६ कित्ता र ४० लाख २३ हजार ६ सय ५२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृच भएका हुन् ।

S N Name of company Listing unit Type of listing
1 Himalayan Bank Ltd. 4057265.00 Bonus
2 Mission Development Bank Ltd. 571208.22 Bonus
3 Salt Trading Corporation Ltd. 307424.00 Bonus
4 Sparsha Laghubittya Bittiya Sanstha Ltd. 829630.00 IPO
5 Soaltee Hotel Ltd. 6661163.00 Bonus
6 Bhargav Bikash Bank Ltd. 264000.00 Bonus
7 Civil Laghubittya Bittiya Sanstha  Ltd. 43890.00 Bonus
8 Kabeli Bikash Bank Ltd. 737066.40 Bonus
9 SBI Bank Ltd. 4023452.63 Bonus


पुष्प दुलाल