राजश्व उठाउन सरकारलाई सकस, दैनिक प्रकाशित हुने सूचनाको अर्थ के ?



काठमाडौं । सरकारलाई राजश्वको लक्ष्य पूरा गर्न के कति मात्रामा सकस परेको रहेछ भन्ने कुार पछिल्ला दिनमा नियमित रुपममा प्रकाशन भएका आन्तरिक राजश्वका सूचनाले पुष्टि गर्छ ।

दिन समेत नबिराईकन देशभरका आन्तरिक राजश्व कार्यालयले सूचना प्रकाशित गरी कर तिर्न नआएका व्यापारी तथा व्यवसायीलाई कर तिर्न आउन ताकेता गरेको छ ।

हरेक दिन जसो पत्रपत्रिकामा आन्तरिक राजश्व कार्यालयका सूचना प्रकाशित हुने गरेका छन । त्यसमा विशेष गरी आयकर र मूल्य अभिवृद्धि कर तिर्न गरिएको ताकेताको सूचना छापिने गरेका छन् ।

आज पनि एक दैनिक पत्रिकामा प्रकाशन गरी कर तिर्न आउन आग्रह गरेको छ । आन्तरिक राजश्व कार्यालय जनकपुरले आज कर तिर्न अटेर गरेका ४९ जना व्यवसायीलाई कर तिर्न आउन ताकेता गरेको छ । ती व्यवसायीले आय कर र मूल्य अभिवृद्धि कर तिर्न अटेर गरेको पाइएको छ । उनीहरुलाई ७ दिन भित्र कर तिर्न आउन सूचित गरेको छ ।

विशेष गरी निर्माण व्यवसायी, इटटा उद्योग, पेट्रोल पम्पलगायतले समेत कर नतिरेको पाइएको छ । तोकिएको समयमा कर तिर्न नआएको खण्डमा उनीहरुलाई कर ऐन तथा कानून अनुसार कारवाही गरिने सूचनामा उल्लेख छ ।


पुष्प दुलाल