यसरी कमाउन सकिन्छ सेयर बजारबाट पैसा



काठमाडौं । लगानीको विभिन्न उपाय खोजी गरिरहेकालाई लगानीका लागि उपयुक्त अवसर हुन सक्छ सेयर बजार । राम्रो आम्दानीका लागि एक उत्तम विकल्प सेयर बजार हुन सक्छ । त्यसका लागि सचेत लगानी एवम सोचको जरुरी पर्छ ।

बेरोजगारले समेत सेयर बजारमा लगानी गरी राम्रो प्रतिफल प्राप्त गर्न सक्छन् ।

हामी सबैले सुनेका छौ, सेयर बजारबाट छिट्टै धेरै पैसा कमाउन सकिन्छ । तर कहिलेकाहीँ सेयर बजारमा गरेको लगानस्ी समेत डुब्न पनि सक्छ ।

जुनसुकै प्रकारको लगानीमा पनि रिक्सको मात्रा बढी नै हुन्छ । चाहे त्यो सानो व्यापार होस वा ठूलो नै व्यापार किन नहोस । सेयर बजार त झन् जोखिम भएको क्षेत्र नै हो ।

लगानी सुरु गर्नु भन्दा पहिले त्यसको बारेमा राम्रोसँग जानकारी लिनु पर्छ । सेयर बजारलाई राम्रो सँग बुझेर लगानी गरे, घरै बसी बसी पनि राम्रो कमाई गर्न सकिन्छ ।

सेयर बजारबाट फाइदा लिनका लागि सबैभन्दा पहिले लगानी त जरुरी नै पर्छ । लगानीको मतलब यो हो कि सेयर खरीद गर्नु नै हो । तपाईको मनमा यो पनि आउन सक्छ सेयर के हो, यो कसरी खरीद गर्न सकिन्छ । तपाईले सेयर बजारमा सूचीकृत भएका धेरै कम्पनीको नाम पनि सुन्नु भएकै छ । त्यसमा ठूला र राम्रा आम्दानी हुने कम्पनीको सेयरको बारेमा पनि थाहा पाउनु भएकै छ ।

सेयर खरीद गर्नु अगाडि सबैभन्दा पहिले त्यसको बारेमा कुनै न कुनै जानकारी लिनु जरुरी पर्छ । नेपालमा नेपाल स्टक एक्सचेञ्जले सेयर बजारको काम गरिरहेको छ । सेयर बजार सातामा ५ दिन चल्ने गर्छ ।

सेयर बजारमा लगानीका लागि तपाईले कुनै न कुनै सेयर दलाल कम्पनीसँग सम्पर्क बढाउनु जरुरी पर्छ । पछिल्लो दिनमा नेप्सेले अनलाइन कारोवार पनि सुरु गरेको छ । त्यसका लागि अनलाइन एकाउण्ट खोल्नु जरुरी पर्छ ।

–सेयर बजारमा पहिलो पटक प्रवेश गर्दै हुनुहुन्छ भने सोची विचारी लगानी गर्नु जरुरी पर्छ । नाफा कमाउनका लागि छिटो छिटो लगानी नगर्नुस । सुरुमा नै धेरै लगानी गर्न थालियो भने त्यसले फाइदा दिँदैन ।

–सेयर खरीद गर्नु भन्दा पहिलो तपाईले सेयर बजारको जानकारी राख्ने र तपाईलाई विश्वास लाग्ने कोही व्यक्तिसँग भेटनुस र बजारका बारेमा राम्रो जानकारी लिनुस । उसले तपाईलाई सेयर बजारको बारेमा राम्रो जानकारी दिन सक्छ ।

–सेयर खरीद गर्न लागेको कम्पनीको व्यालेन्स सिट तपाई आफैले बनाउनुस । जसबाट कुन कम्पनीको अवस्था के छ, यसले कति प्रतिफल दिन सक्छ वा दिन सक्दैन तपाईलाई जानकारी हुन सक्छ । यस्तै त्यस्ता कम्पनलिे समय समयमा प्रकाशित गरेको ब्यालेन्स सिटलाई राम्रोसँग हेर्नुस र विचार गर्नुस् ।

–यस्तै सेयर बजारमा लगानी गर्ने २ वटा तरिका हुन्छ । त्यसमा पहिलो कम समयका लागि गर्ने लगानी र अर्को लामो समयका लागि गर्ने लगानी । लामो समयको लगानीका रिक्सको मात्रा असाध्यै कम हुन्छ । छाटो समयमा नै नाफा कमाउन खोज्दा त्यसबाट रिक्सको मात्रा बढी हुन्छ ।

–यस्तै सामूहिक लगानी कोष तथा म्यूचल फण्डमा लगानी गर्नु पनि अर्को उत्तम उपाय हुन सक्छ । थोरै थोरै पूँजीबाट पनि लगानी गर्न सकिन्छ । त्यसबाट तपाईलाई सबै भन्दा राम्रो फाइदा लिन सकिन्छ ।


पुष्प दुलाल