को होला सेयरका बादशाह वारेन बफेटको उत्तराधिकारी ?



सेयर बजारका खेलाडीका लागि वारेन बफेट रोल मोडल हुन । वफेट जस्तै बन्न खोज्ने र उनको जस्तै शैली अपनाउन खोज्नेको संख्या विश्वभर हजारौंमा होइन, करोडौमा छ भन्न सकिन्छ ।

जीवनको उत्तरार्धमा आइपुग्दा पनि उनको व्यवसायप्रतिको जोश, उत्साह, रुचि र उत्कट चाह असाध्यै लोभलाग्दो छ । विश्व अर्थ बजारमा प्रभुत्व जमाएका उनले यसका लागि आफ्नो जीवनको ९० प्रतिशतभन्दा बढी समय खर्चेका छन् । जुन धेरैका लागि असम्भव जस्तै हो ।

स्कुल पढ्ने कलिलो उमेरमा सेयर बजारमा हात हालेका उनले सुरुवाती दिनमा असफलतामा ठेस लागे पनि त्यसपछिका समय अधिकांश समय सफलता नै हात पारेका छन् । सेयर बजारप्रति लगाव र बजार पढ्न र विश्लेषण गर्न सक्ने उनको गणितीय क्षमतालाई धेरैले अद्भुत मान्छन् ।

सेयर बजारको ग्ल्यामर दुनियाँमा बफेट जति असाधारण मानिन्छन् उति नै साधरण उनको जीवनशैली छ । करिब ९० बिलियन डलर सम्पत्तिका मालिक बफेट अझै पनि सन् १९५८ मा खरिद गरेको घरमा बस्छन् । जुन घर ओमाहको शहरभन्दा १० मिनेटको दूरीमा छ । वारेनले सन् १९६० देखि ब्रेकसाइर हाथवे कम्पनीको अभिन्न अंगका रुपमा काम गरिरहेका छन् । जसले कम्पनी विस्तार गरी विश्वको सबैभन्दा ठूलो कङलोमोरेट्स कम्पनी बनाए ।

जीवनको अन्तिम अध्यायमा आइपुग्दा बफेट बिनाको कम्पनी आगामी दिनमा नयाँ अध्यायमा प्रवेश गर्ने धेरैको विश्वास छ । विशेष गरी बर्कसायर हाथवेको सेयरमूल्य वास्तविक मूल्यभन्दा १० देखि १५ प्रतिशत बढ्नेमा धेरैको विश्वास छ । त्यस्तै कतिपय भने बफेट बिनाको कम्पनी फुटेर धेरै कम्पनीमा परिणत हुन सक्नेतर्फ समेत आशंका गर्छन् ।

वारेन बफेट सन् १९६० देखि बर्कसायर हाथवे कम्पनीका अभिन्न अंगका रुपमा छन् । जसले कम्पनी विस्तार गरी विश्वको सबैभन्दा ठूलो कङलोमोरेट्स कम्पनी बनाए । उनी परिवारसँग नेबरास्कामा आएसँगै उनको सफलता सुरु भएको पाइन्छ ।

११ वर्षको उमेरदेखि सेयरमार्फत पैसा कमाउन सुरु गरेका वफेटले उमेरले ५० को दशक काटेपछि कमाएको सम्पत्ति झण्डै आधाभन्दा बढी छ । झण्डै ९० बिलियन अमेरिकी डलरसहित विश्वको तेस्रो धनी व्यक्तिको स्थान ओगटेका वफेटको उत्तराधिकारी को होला त भन्ने प्रश्न धेरैका लागि खुल्दुलीको विषय समेत हो ।

विश्वभरीबाट जम्मा भएका अर्बपति र लगानीकर्ताहरुको भेलालाई गत मे ४ मा सम्बोधन गर्दै उनले उत्तराधिकारी को होला भन्ने जिज्ञाशालाई संकेतमार्फत मेटाउने प्रयास गरे । सेयर लगानीकर्ताको वार्षिक बैठकमा स्पस्टरुपमा नबताए पनि छनक भने दिएका छन् ।

जीवनको अन्तिम अध्यायमा आइपुग्दा बफेट बिनाको कम्पनी आगामी दिनमा नयाँ अध्यायमा प्रवेश गर्ने धेरैको विश्वास छ । विशेष गरी बर्कसायर हाथवेको सेयरमूल्य वास्तविक मूल्यभन्दा १० देखि १५ प्रतिशत बढ्नेमा धेरैको विश्वास छ । त्यस्तै कतिपय भने बफेट बिनाको कम्पनी फुटेर धेरै कम्पनीमा परिणत हुन सक्नेतर्फ समेत आशंका गर्छन् ।

कम्पनीमा लामो समयदेखि कार्यरत जर्जरी एवल (५७) र अजित जैन (६७) दुबै जना गत वर्ष बोर्ड अफ डाइरेक्टरमा प्रमोशन पाएका थिए । भविष्यमा हुने वार्षिक बैठकमा बफेट र मुंगेरको साटो एवल र जैनले सम्बोधन गर्न सक्ने उनले संकेत गरे ।

‘जर्ज र अजित जस्ता अपरेटिङ म्यानेजर व्यवसायका लागि निकै महत्वपूर्ण छन्,’ ओराकल अफ ओमाहका नामले समेत परिचित बफेटले दुबै जनाको प्रशंसामा शब्द खर्चदै भने, ‘आजसम्म दुबै जनाले जे गरे र जे जति प्राप्त गरेका छन त्यो निकै रोचक छ ।’

‘दशकभन्दा लामो समयदेखि बफेट र मङगर बर्कसायर हाथवेका लागि दुई स्टार हुन, जसले कम्पनीलाई यहाँसम्म ल्याए’ जैनले भने ।

बैठकमा सहभागीलाई सम्बोधन गर्दै जैनले सेयरधनीलाई भने ‘अहिलेसम्म गरेको सफलताको श्रेय भने बफेटलाई नै जान्छ ।’

अबेलले सन् १९९२ मा कम्पनीमा इनर्जी विभाग अन्तर्गत प्रवेश गरेका थिए । साथै एक वर्षभन्दा बढी समयदेखि नन–इन्स्युरेन्स गतिविधी हेरिरहेका छन् । त्यस्तै, जैनले सन् १९८६ मा कम्पनीको बोर्ड अन्तर्गतको इन्स्युरेन्स विभागमा आएका थिए जुन उनले अहिले पनि नेतृत्व गरिरहेका छन् ।

दुबै जनामध्ये कसको सम्भावना प्रबल छ त ? वा के दुबैले व्यवसाय सञ्चालन गर्छन त ? यो अझै पनि अनुत्तरित प्रश्न हो ।

मुङगरले भने, ‘हामीलाई सोधिने धेरै अप्ठ्यारा प्रश्नमध्ये यो पनि एउटा हो, जुन प्रश्नको उत्तर दिन हामीलाई समस्या पर्छ किनभने बर्कसायर हाथवे अन्य व्यवसायभन्दा निकै फरक छ ।’

मे ४ को बैठकमा ब्रेकसाइर कम्पनीले एमेजोन कम्पनीमा लगानी गर्ने निर्णयपछि उठेका विभिन्न प्रश्नका बफेट र मुङगरले सामना गरेका थिए ।

वफेटले बर्कसायर हाथवेले अमेजनमा लगानी गर्ने निर्णयलाई सकारात्मक रुपमा लिँदै अमेजनका संस्थापक जेफ बेजोसले इ–कर्समा व्यवसायमा कसरी सामान्य अनलाइन बुकसेलर व्यसायलाई छोटो समयमा विश्वकै सबैभन्दा ठूलो व्यवसाय बनाए त्यो ‘क्लोज टु मिराकल’ मान्न सकिने भन्दै तारिफ गरे ।

नयाँ लगानीका रुपमा अमेजन कम्पनी र एप्पलमा मात्रै भएको ४० बिलियन अमेरिकी डलरको भए पनि कम्पनीले आगामी दिनमा प्रविधि उद्योगमा बर्कसायर हाथवेको ठूलो लगानी गर्ने विषयमा भने कुनै संकेत गरेनन् ।

बर्कसायर हाथवेले २१.६६ बिलियन डलरको खुद नाफा कमाएको घोषणा गरियो । जसमा बिलियन डलरको मूल्यह्रास भएको क्राफ्ट हेइन्ज कम्पनीबाट हुने सम्भावित घाटाले नाफामा समस्या नहुने समेत उनले बताए ।

बर्कसायर हाथवे कम्पनीले अमेरिकन एक्प्रेस, जेपी मोर्गन चेज र गोल्डम्यान स्यान्च साथै इन्स्यूरेन्स (जेइको), रेल (बीएनएसएफ) र इनर्जी (प्यासिपिक क्रप) जस्ता कम्पनीको स्वामितत्व ग्रहण गर्छ ।

विगतका वार्षिक बैठक जस्तै यस बैठकमा कम्पनीको लक्ष्य र योजनाभन्दा बढी बैठक आगामी दिनमा विभिन्न कम्पनीमा गर्ने लगानी र उनले कम्पनीबाट बफेटले कसरी पैसा फिर्ता लिने सोच बनाएका छन् भन्नेमा धेरैको ध्यान केन्द्रित थियो ।

उक्त बैठकमा जान र बफेटको भाषण सुन्नका लागि मात्रै २० हजार मानिसले महंगो पास लिएर बिहान ५ बजेदेखि लाइनमा बसेर प्रवेश गरेका थिए । प्रवेश पास नपाउने हजारौ मानिसहरु हलबाहिर नै बस्न बाध्य भएका थिए ।

बफेटले सीएचआई एल्थ सेन्टर र मिङलिङमा सहभागी हुन जम्मा भएका सहभागी तथा विश्वभरीका ठूला लगानीकर्ता तथा अर्बपतिसँग प्रत्यक्ष साक्षात्कार गरेर बैठक हलमा प्रवेश गरेका थिए । यस पटक विगतको तुलनामा चिनियाँ लगानीकर्ताहरुको ठूलो भीड जम्मा भएको थियो ।


पुष्प दुलाल