मूल्य घटेपछि शिवम् सिमेन्टको सेयर किन्ने भन्दा बेच्ने धेरै



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जब शिवम् सिमेन्टको सेयर सूचिकरण भयो त्यस दिनदेखि निकै चर्चामा रहेको छ ।

शिवम्को कारोबारमा गिरावट आउँदा पनि निकै चर्चा हुने गरेको छ भने बढ्दा पनि । यति बेला शिवम् कारोबारमा देखिएको गिरावटका कारण चर्चामा रहेको छ ।

दिउँसो १ बजेर २० मिनेटसम्ममा शिवम् सिमेन्टको अन्तिम सेयर कारोबार मूल्य ३८५ रुपैयाँ रहेको छ । शिवम्को सेयर मूल्य ३ अंकले बढेको छ ।

यो समयमा शिवम् सिमेन्टको सेयर ३४ हजार ८८० कित्ता सेयर बिक्रीमा रहेको छ भने बिक्री तर्फ ४२ हजार ९३० कित्ता रहेको छ ।

किन्नेले न्यूनतम ३८० रुपैयाँदेखि अधिकतम ३८५ रुपैयाँसम्म रहेको छ । यस्र्तै बिक्री गर्नेतर्फ त्यूनतम ३८७ देखि अधिकतम ३९१ रुपैयाँ देखिएको छ । यसको उच्च मूल्य ३९५ रुपैयाँसम्म पुगेको थियो ।


पुष्प दुलाल