जीबन बीमा कम्पनीको लगानी २ खर्ब २८ अर्ब पुग्यो, एक महिनामै पौने ४ अर्ब बढ्यो
काठमाडौं । जीबन बीमा कम्पनीहरु पुँजी परिचालनको ठूलो स्रोत बनेका छन् । बीमितबाट संकलन गरेको प्रिमियमलाई बीमा कम्पनीहरुले विभिन्न ठाउँमा लगानी गर्दै आएका छन् ।
०७५ चैत महिनासम्ममा जीबन बीमा कम्पनीहरुले २ खर्ब २८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ लगानी गरेको बीमा समितिले जनाएको छ ।
फागुन महिनाको तुलनामा चैत महिनामा जीवन बीमा कम्पनीको लगानी ३ अर्ब ८५ करोड ६४ लाख रुपैयाँले बढेको छ । फागुन महिनासम्ममा २ खर्ब २४ अर्ब ५२ करोड १२ लाख रुपैयाँ लगानी गरेका थिए ।
गत चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २७ अर्ब ९९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । फागुन महिनामा पनि त्यति नै थियो ।
जीवन बीमा कम्पनीहरुले चैत महिनामा ४५ अर्ब ५१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन फागुन महिना भन्दा ५ अर्ब ७० करोड ७० करोड ३९ लाख रुपैयाँ बढी हो । फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ८० करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
जीवन बीमा कम्पनीहरुले आर्जित गरेको बीमा शुल्कमध्ये वैदेशिक रोजगार म्यादी बीमाबाट १ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ र जीवन बीमाबाट ४३ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ छ ।
यस्तै फागुनमा भने वैदेशिक रोजगार म्यादी बीमाबाट १ अर्ब ५८ करोड १४ लाख र जीवन बीमा बापत ३८ अर्ब २२ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
यो अवधिमा जीबन बीमा कम्पनीहरुले ६ खर्ब ३७ अर्ब ११ करोड ६४ लाख रुपैयाँ बीमालेख जारी गरेका छन् । जुन फागुन महिनाको भन्दा ३४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ बढी हो । फागुन महिनामा ६ खर्ब ३ अर्ब १७ करोड ६ लाख बीमालेख जारी गरेका थिए । यस्तै जीवन बीमा कम्पनीहरुले
२५ करोड ८० लाख पुनर्बीमाका लागि भुक्तानी गरेका छन् । फागुन महिनामा भने २० करोड ८७ लाख पुनर्बीमाका लागि भुक्तानी गरेका थिए । चैत महिनामा पुनर्बीमाका लागि गरेको भुक्तानीबाट ९० लाख रुपैयाँ कमिशन पाएका छन् ।