दुई लघुवित्तलाई राष्ट्र बैंकले दियो मर्जरको अनुमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा लघुवित्त संस्थालाई मर्जरको अनुमति दिएको छ ।

राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ओमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई आपसमा मर्जरमा जान अनुमति दिएको हो ।

पछिल्लो समय राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मर्जरमा जान दबाब दिइरहेको छ । राष्ट्र बैंकको दबाबपछि लघुवित्त संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ओमी लघुवित्तको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ । यो अवधिमा ओमीले चार करोड ४८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नागरिक लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो अवधिमा संस्थाको नाफा ४९ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।


पुष्प दुलाल