कर तिर्न व्यापारीले किन गर्दैछन् अटेर ?
काठमाडौं । पछिल्ला दिनमा सधै जसो आन्तरिक राजश्व विभागका सूचना सार्वजनिक भएका छन् । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त छ । राजश्वको लक्ष्य एउटा छ । तर चालु आर्थिक वर्षमा करको दर बढाइएको भएपनि राजश्व उठन मुस्किल परिरहेको छ ।
अर्थमन्त्रीले राजश्व उठानका लागि सबै प्वाल टाल्ने पनि बताए । तर अवस्था जहाँको तही छ । करको दर पनि बढाइएको हो ।
तर राजश्वको लक्ष्य पूरा नहुने छाटकाट देखएिपछि अर्थमन्त्रालयलाई पर्नु पिर परेको छ । जसका कारण अर्थ मन्त्रालय मातहतको आन्तरिक राजश्व विभागले दैनिक जसो नै सूचना प्रकाशित गरी कर तिर्न आउन व्यपारी तथा व्यवसायीलाई आग्रह गर्दै आएको छ ।
हरेक दिन जसो प्रकाशित हुने सूचनामा कर नतिरेको तथा कर तिर्न अटेर गरेको, पटक पटक सूचना प्रकाशित गर्दा समेत नआएको जस्ता विवरण उल्लेख गरिएको छ ।
यसैक्रममा सोमबार पनि आन्तरिक राजश्व कार्यालय महाराजगन्जले कर बक्यौता रकम दाखिला गर्ने बारेको सूचना प्रकाशित गरेको छ । सो कार्यालयले कूल ५६ करदातालाई १५ दिन भित्र कर तिर्न आउन आग्रह गरेको छ ।
सो कार्यालयले प्रकाशित गरेको विवरण अनुसार अधिकाशं निर्माण व्यवसायी एवम् ठेकेदारले कर तिर्न अटेर गरेको पाइएको छ । करदाताको फर्ममा पटक पटक पत्राचार गरेको तथा हुलाक मार्फत पनि पत्र पठाइएको तथा टेलिफोनमा पनि पटक पटक आग्रह गरिएको भएपनि सुनुवाई नगरेका कारण वाध्य भएर सूचना प्रकाशित गर्नुपरेको आन्तरिक राजश्व कार्यालय महाराजगन्जको विवरणमा उल्लेख छ ।
तोकिएको अवधि भित्र कर तिर्न नआएको खण्डमा आयकर एने, २०५२ तथा मूल्य अभिवृद्धि कर ऐन, २०५८ को दफा १०४ ददेखि ११ सम्मका आवश्यक प्रक्रिया अपनाई बक्यौता असुल गरिने उल्लेख छ । सो कार्यालयले कर तिर्न अटेर गरेका व्यवसायी तथा व्यपारीले समयमा कर नतिरेको खण्डमा क्रमशः प्रकाशित गर्दै जाने समेत सूचनामा उल्लेख छ ।
यस्तै आजै आन्तरिक राजश्व कार्यालय दमौलीले पनि कूल ३७ व्यवसायिक फर्मले कर तिर्न अटेर गरेको भन्दै आज एक सूचना प्रकाशित गरेको छ ।
पटक पटक फोन सम्पर्क गरेको, हुलाक मार्फत पनि पत्र पठाएको तथा कर तिर्न आउन समेत आग्रह गर्दा समेत अटेर गरेकाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कर तिर्न आउन भनिएको सूचनामा उल्लेख छ । सो अवधिमा कर तिर्न नआएको खण्डमा बाँकी बक्यौता अनुसार असुल गरिने सूचनामा उल्लेख छ ।