संसदमा मिनेन्द्र रिजालले भने- प्रधानमन्त्रीज्यू आसेपासेको कुरा सुनेर बिग्रिनुभयो



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम जनताको हितकारी नभएको बताएका छन् ।

आइतबारबाट संघीय संसदमा नीति तथा कार्यक्रममाथि भएको छलफलमा यस्तो बताएका छन् ।

नेता रिजालले अहिले देशको अर्थतन्त्र विप्रेषणले धानेको प्रति चिन्ता व्यक्त गरे । उनले नीति तथा कार्यक्रम जनहितमा हुन आवश्यक रहेको बताए ।

उनले नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले मेरो सरकार भन्ने शब्दमा विमत्ती रहेको जानकारी गराउँदै उक्त शब्दको विषयमा संशोधन प्रस्ताव संसदमा दर्ता गराएको जानकारी गराए ।

छलफलमा उनले पहिला भन्दा अहिले सरकार केही मात्र भएपनि सुध्रिएको बताए । गत वर्षको श्वेतपत्रमा सरकारले देशको आर्थिक अवस्था डामाडोल रहेको भनेपनि अहिले भने देश लगायत ३ वर्षदेखि आर्थिक विकास सुधारको बाटोमा गएको कुरा नीति तथा कार्यक्रममा राख्नु सकारात्मक पक्ष रहेको बताए । उनले छलफलमा मन्तव्य राख्ने क्रममा यो देशमा कुनै समयमा १० प्रतिशत आर्थिक वृद्धि भएको स्मरण समेत गराए ।

उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले केही राम्रो काम गर्न खोजेपनि आसेपासे, प्रधानमन्त्रीलाई तपाईले जे गरेपनि कति राम्रो, तपाईको अनुहार कति राम्रो, तपाईले जे गर्यो त्यही राम्रो भन्नेहरुको कारण काम गर्न समस्या भएको बताए ।

उनले भने ‘प्रधानमन्त्री ज्यू, तपाई चाकडी गर्नेहरुको कुरा नसुन्नुहोस्, आलोचना गर्नेहरु, राम्रा राय सुझाव दिनेहरु अगाडी राखेर काम गर्न थाल्नुहोस्, पानी जहाज, रेलको कुरा गरेर मात्र नेपालीको अपेक्षा पुरा हुँदैन ।’

उनले प्रधानमन्त्री ओलीलाई अहिले प्रशसां खोज्नु भन्दा पनि राम्रो काम गर्न आग्रह गर्दै, अहिले खोजेको जस्तो प्रचार प्रसार बायोग्राफीमा देखिने भएकोले त्यही अनुसार कामम गर्न अनुसारधे गरे ।

नेता रिजालले सरकार भ्रष्टाचार, शसासन लगायतका पक्षमा रहेको भनिरहँदा ३३ किलो सुन अझै फेला नपरेको, सरकारले महिलामाथि हिंसा हुन नदिने भन्ने सरकारले निर्मला पन्तको हत्यारा कहिले पत्ता लगाउन नसकेको भन्दै प्रश्न गरेका छन् ।


पुष्प दुलाल