प्रभु बैंकको नाफा ५८.३५ प्रतिशतले बढ्यो



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षको सोही अवधिको भन्दा ५८.३५ प्रतिशतले नाफा बढाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चैत मसान्तसम्ममा १ अर्ब ४५ करोड २१ लाख ७१ हजार १०० रुपैयाँ नाफा कमाएको छ ।

गत आवको तेस्रो त्रैमासमा बैंकको नाफा ९१ करोड ७० लाख २७ हजार ८१६ रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १४ करोड ३८ लाख ७ हजार ५३५ रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ३५.७९ प्रतिशतले बढेर ८ अर्ब १ करोड ९२ लाख २ हजार ५९१ रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ९० करोेड ५५ लाख ७१ हजार ८४८ रुपैयाँ रहेको थियो ।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि गत आवको सोहि अवधिको तुलनामा २४.१६ प्रतिशतले बढेर दुई अर्ब ९ करोड ३० लाख ७० हजार ७७५ रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा १ अर्ब ६७ करोड ९६ लाख ८५ हजार ५६० हजार रुपैयाँ रहेको थियो ।

८ अर्ब २३ करोड ३९ लाख ५८ हजार ८२४ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७० करोड ६७ लाख ४९ हजार ९४३ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खराब कर्जा घटेको छ । गत आवको तेस्रो त्रैमासमा ३.९० प्रतिशत रहेको खराब कर्जा चालु आवको सोहि अवधिमा २.४२ प्रतिशत रहेको छ ।

२३ रुपैयाँ ३४ पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ १७० रुपैयाँ १५ पैसा रहेको छ ।


पुष्प दुलाल