भुकम्पले ढलेको धरहरा आगामी २ वर्षमा बनाउने सरकारको योजना



काठमाडौं । भूकम्पका कारण भत्किएको धरहराको पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्मपन्न हुने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारी संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी दुई वर्षमा धरहराको पुर्नािर्माण सकिने जनाएकी हुन् । धरहराको पुनर्निर्माण भए भूकम्प गएको तीन वर्षपछि चालु आवबाट सुरु भएको हो ।

भूकम्प पछिको पुनर्निर्माण आगामी दुई वर्षमा सबै ठाँउमा सम्पन्न हुने भएको छ । उक्त कामलाई आगामी आवमा विशेष प्राथमिकतामा राखेर काम अघि बढाइने भएको छ ।
सरकारको नीति तथा कार्यक्रममा आगामी आवबाट सबै श्रमीकले बैंक खाताबाट नै पारिश्रमीक पाउने नीति रहेको छ ।
यस्तै वैदेशिक रोजगारी जाने नेपालीको सहजताका लागि अन्य देशसँग पनि आगामी आवमा श्रम सम्झौता गर्ने भएको छ । विदेशबाट आएको विप्रेषण उत्पादन मुलक क्षेत्रमा लगाइने भएको छ ।


क्लिकमान्डु