१ हजार मेगावाट विद्युत प्रशारण लाइन थपिने, सिमेन्ट प्रमुख निर्यात बस्तु बन्ने



काठमाडौ । सरकारले आज अगामी वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा निति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।

संसदमा पेश भएको उक्त निति तथा कार्यक्रम अनुसार सरकारले पत्थरको निर्यात गर्ने लक्ष्य राखेको छ भने सिमेन्टलाई प्रमुख निर्यात योग्य बस्तुको रुपमा राखेको छ ।
साथै उक्त नीति तथा कार्यक्रममा नेपालीको आफ्नै पानी जहाजमा चढने योजना चाँडै पुरा हुने उल्लेख छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले समुन्द्रमा नेपालको झण्डा फहराएर पानी जहाल चल्ने बताएकी छिन् । त्यसको लागि कार्यालय खुलेको र नीतिगत काम भइरहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसका साथै सरकारले आगामी वर्ष १ हजार मेगावाट विद्युत प्रशारण लाइनमा थप्ने योजना समेत सार्वजनिक गरिएको छ ।

प्रत्येक नेपाली को बैंक खाता हुन खोलौ बैंक खाता अभियानलाई तिब्रता दिइने नीति रहेको छ । नीति तथा कार्यक्रममा सबै आर्थिक कारोबार बैंक खाताबाट हुने उल्लेख छ ।
वायु प्रदुसणलाई ध्यानमा राख्दै विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइने भएको छ । त्यसको लागि राजमार्गमा प्रयाप्त चार्जिङ स्टेशन बनाउने कार्यक्रम रहेको छ ।
। संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले दुई वर्षमा साक्षर नेपाल घोषणा गरिने उल्लेख छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय दुई वर्षमा सञ्चालनमा ल्याउने नीति रहेको छ । आगामी आवमा सबै नेपालीलाई स्वास्थ्य बीमामा सहभागी गराउने नीति रहेको छ ।
आगामी दुई वर्ष भित्रमा भत्तपुरको दुवाकोटमा वीर अस्पताल निर्माण सुरु हुने भएको छ ।


क्लिकमान्डु