अर्को वर्ष मेलम्चीको पानी आउने, तामाकोशीको विजुली बल्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष मेलम्ची खानेपानी आयोजनाको काम सक्ने जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पेश गरेको नीति तथा कार्यक्रममा अर्को आर्थिक वर्षको अन्त्यसम्ममा मेलम्चीको खानेपानी सकिने बताएकी छन् ।
मेलम्ची खानेपानी आयोजनाको काम अहिले अन्यौलमा छन् । यस्तै आगामी आर्थिक वर्ष तामाकोशी जलविद्युत् आयोजनाको काम सकिने बताएकी छन् ।
राष्ट्रपति भण्डारीका अनुसार आगामी वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ५ लाखलाई रोजगारी सृजना हुनेछ ।