चार वर्षभित्रमा दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्ने
काठमाडौं । सरकारले चार वर्षभित्रमा दोहोरो अंकको आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लगातार तीन आर्थिक वर्षको उत्साहजनक बृद्धिले चारवर्षभित्रमा दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल हुने कुरा उल्लेख गरिएको छ ।