जाममा फस्नुहोला,यो रुटमा आज राष्ट्रपतिको सवारी छ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुवै सदनको सयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

यसको लागि राष्ट्रपति भण्डारी संघिय संसद् नयाँ बानेश्वर जाने कार्यक्रम रहेको छ ।
ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनको लागि राष्ट्रपतिको सवारी हुने समयमा बैकल्पिक रुट प्रयोग गर्न भनेको छ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम ४ बजेट संसद्मा पढेर सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

यसको लागि राष्ट्रपतिको सवारी साढे ३ बजे शितलनिवासबाट निस्कने छ । जसले गर्दा महाराजगन्ज—लाजिम्पाट—लैनचउर—केशरमहल—दरबारमार्ग—जमल—न्यूरोड—भद्रकाली—सिंहदरबार—माइतिघर—नयाँ बानेश्वर सम्मको सडकहरु प्रभावित हुने हुँदा उक्त मार्ग प्रयोग गर्ने सवारी चालकहरुले वैकल्पीकमार्गको रुपमा महाराजगन्ज—बालुवाटार—नक्साल—जयनेपाल—कमलपोखरी—पुतलीसडक—अनामनगर—थापागाउँ वा चक्रपथको बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन कार्यमा सहयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

राष्ट्रपति नीति तथा कार्यmत्र सार्वजनिक गरेपछि सोही रुट हुँदै निवास फर्क कार्यतालिका रहेको छ ।


क्लिकमान्डु