मौसम खराब भएसँगै शनिबारसम्म हेलिकप्टर उडाउन रोक



काठमाडौं । शनिबार दिनभरसम्म पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर उडानमा राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले रोक लगाएको छ । शुक्रबार एक सूचना जारी गर्दै केन्द्रले भारतमा आएको फानी चक्रवातको असर नेपालमा देखिने सम्भावना रहेकाले सम्भावित दुर्घटना रोक्नका लागि उडान नगर्न सूचना जारी गरेको हो ।

केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, ‘ पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा उक्त क्षेत्रमा अहिलेदेखि नै भोलि (शनिबार) दिनभरसम्म हेलिकप्टर उडान नगर्नु नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरो छ ।’

 

त्यस्तै, पर्यटन विभाग अन्तर्गत होटल तथा पर्वतारोहण शाखाले पनि सूचना जारी गर्दै मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ ।


क्लिकमान्डु