क्रिकेटबाट सिक्नुहोस सेयरमा लगानी गर्ने ८ वटा नियम



यतीबेला छिमेकी मुलुक भारतमा विश्व क्रिकेटको सबैभन्दा महंगो खेल आईपीएल चलिरहेको छ । विश्वकप सुरु हुनुभन्दा ठ्याक्कै एक महिना अगाडि क्रिकेटको रौनक जसरी चलिरहेको छ । नेपालमा सेयर बजारको ग्राफ पनि उसैगरी उकालो लाग्ने छनक देखिएको छ ।

यदी तपाई क्रिकेट खेलमा चाख राख्नुहुन्छ, त्यसका नियमबारे जानकार हुनुहुन्छ भने यसका नियमका आधारमा राम्रो लगानीकर्ता बन्न सक्नुहुन्छ । आज हामी भलाद्यमीको खेल भनिने क्रिकेटका केही नियमबाट पैसा कमाउने तरिका चर्चा गर्दैछौ ।

१) बिना सुरक्षा मैदानमा नउत्रनुहोस

असर : जसरी क्रिकेट खेलमा खेलाडी पर्याप्त सुरक्षा बिना मैदानमा जाँदैनन तपाई पनि पर्याप्त सुरक्षा बिना मैदानमा नजानुहोस । तपाईको वित्तीय योजनामा सुरक्षा छैन भने तपाईका लागि जोखिम हुनसक्छ ।

सिकाइ : पैसा कमाउनका लागि लगानी गर्नुभन्दा अगाडि वित्तीय जीवन तथा स्वास्थ्य र आफूलाई सुरक्षित गर्नुहोस । आपतकालिन फन्ड, हेल्थ कभर तथा लाइफ इन्स्योरेन्स लिएर आफू र परिवारको हितमा हुने गरी सुरक्षित हुनुहोस ।

२) धेरै स्कोर बनाउनका लागि मैदानमा धेरै बेर रहनुहोस

असर : प्रेसरमा आएर छिटो रन बनाउन खोज्दा खेलाडी छिटो आउट हुन सक्ने सम्भावना बढी हुन्छ र पवेलियन फर्कनुपर्ने अवस्था आउँछ । यस्तै अवस्था केही लगानीकर्ताको हकमा पनि लागू हुन्छ । छिटो छिटो पैसा कमाउन चाहने लगानीकर्ताहरु बजार घट्दा घाटा खाएर मैदानबाट बाहिर आउन बाध्य हुन्छन् ।

सिकाइ : एतिहासिक पारी खेल्नका लागि जसरी खेलाडीले धैर्य र साहसका साथ मैदानमा टिकिराख्छ उसैगरी बजारमा सेयर लगानीकर्ताका लागि लामो समय टिकिराख्दा लगानी फाइदाजनक हुन्छ ।

३) एक मात्रै खेलाडीमा भर नपर्नुहोस

असर :  क्रिकेट खेलमा एउटा स्टार खेलाडी कैयन पटक म्याच चिताउने गरी खेल खेल्छन् । तर एउटा मात्रै खेलाडीमा सधैभरी भर पर्दा दीर्घकालिन रुपमा राम्रो हुँदैन । त्यसैगरी लगानीकर्ता पनि एउटै क्षेत्रमा लगानी गर्नबाट बच्नुपर्छ ।

सिकाइ : एक्सपर्ट के सल्लाह दिन्छन भने, एउटै क्षेत्रमा फोकस नहुनुहोस । एउटै फन्डमा फोकस हुँदा पोर्टफोलियो बढ्न पनि सक्छ या कम हुन पनि सक्छ । जोखिम कम गर्नका लागि फरक–फरक क्षेत्रमा लगानी गर्न सकिन्छ ।

४) टिमको खराब ब्यालेन्स बन्न सक्छ हारको कारण

असर : जसरी खराब कम्बिनेसन टिमको प्रदर्शन फिका बनाइदिन्छ, उसैगरी सम्पत्तीको खराब एलोकेसन तपाईको पोर्टफोलियो रिर्टनमा प्रभाव पार्न सक्छ ।
सिकाइ : धेरै फाइदा गर्छु भन्ने आशमा इक्विटीमा धेरै निर्भरता वा सुरक्षित खेल खेल्नका लागि केवल डेट फन्डमा निर्भर रहँदा फाइदा कम हुन सक्छ । एसेट एलोकेसनका लागि तपाईको आफ्नो उमेर, जोखिम गर्न सक्ने क्षमता र लक्ष्य आदिमा समेत ध्यान दिनु जरुरी हुन्छ ।

५) धेरै डिफेन्सिफ हुनु गलत

असर : ब्याट्सम्यान यदि कुनै रिक्स नै लिँदैन र सिंगल रन मात्रै लिन्छ भने ठूलो स्कोर बनाउँन सक्दैन । यसैगरी केवल डेट फन्टमा लगानीले हुन सक्छ कि तपाईले आफ्नो वित्तीय लक्ष्य प्राप्त गर्न सक्नुहुन्न ।

सिकाइ : लगानीमा स्वपूँजी बढाएसँगै मुद्रास्फीति देखिएको ह्रास न्यून हुँदै जान्छ । यदि तपाई बच्चाको पढाइ र रिटायरमेन्ट जस्तो लङ टर्म गोल प्राप्त गर्न चाहनुहुन्छ भने इक्विटीबाट टाढा नहुनुहोस ।

तपाईंलाई क्रिकेट खेल्न आउँछ ? आउँछ भने सेयर बजारबाट पैसा कमाउनु हुन्छ

६) विस्तारै विस्तारै पारी अगाडि बढाउनुहोस

असर : सिंगल–डबल रन लिँदै बीच–बीचमा बाउन्ड्रि लगाउँदा राम्रो स्कोर बन्ने सम्भावना बलियो हुन्छ । खासगरी ट्रिकी तथा ब्याट्सम्यानका लागि खराब पिचमा यो रणनीति हिट छ । यसले सानो रकमलाई व्यवस्थित तरिकाले लगानी गर्दा तपाई नकारात्मक र अस्थिर बजारमा पनि पैसा कमाउन सक्नुहुन्छ ।

सिकाइ : लगानीका लागि धेरै धन जम्मा हुन्छ भनेर नपर्खनुहोस । तपाई सानो रकमबाट सुरुवात गर्न सक्नुहुन्छ र जब अवस्था अनुकुल हुन्छ तब धनराशी बढ्न सकछ । वित्तीय लक्ष्य हासिल गर्नका लागि म्यूचुअल फन्डमा लगानी राम्रो हुन सक्छ ।

७) गुगलीलाई ध्यान दिएर पढ्नुहोस

असर : ब्याट्यसम्यान यदि गुगली पढ्न सक्दैन भने आफ्नो विकट गुमाउँछ । यसैगरी एजेन्टस रिटर्नलाई लिएर भ्रमित हुन सक्छ, जसले तपाई गलत विकल्पमा लगानी गर्न सक्नुहुन्छ ।

सिकाइ : एक चालक सेल्सम्यान आफ्नो मीठो कुराले प्रभावित पारी तपाईलाई गलत लगानीको विकल्पमा फसाउन सक्छ । यसबाट बच्नका लागि आन्तरिक रेट अफ रिटर्नको डिमान्ड गर्नसक्नुहुन्छ ।

८) रनरेटमा नजर राख्नुहोस

असर : ठूलो स्कोरलाई परिवर्तन गर्ने समयमा अन्तिम ओभरलाई पर्खनु ठीक होइन । रन बनाउन होस वा लगानी गर्नका लागि होस छिटो नै सुरुवात गर्नु राम्रो हो ।

सिकाइ : ढिलो सुरु गर्नुको अर्थ हो समान रिटर्नका लागि धेरै लगानी गर्नुपर्छ । छिटो सुरुवात गर्नाले तपाई सहजै लङ टर्म गोल प्राप्त गर्न सक्नुहुन्छ । इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु