बर्ड फ्लुले नेपालमा एकजनाको ज्यान गयो, पोल्ट्री व्यवसायमा खतराको संकेत
काठमाडौं । नेपालमा बर्ड फ्लुले एकजनाको ज्यान गएको पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको छ ।
बैशाख १५ गते बर्ड फ्लुको कारण एकजनाको मृत्यु भएको स्वास्थ्य सचिव पुष्पा चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा एकजनाको बर्ड फ्लुबाट मृत्यु भएको पुष्टी भएपनि नाम भने स्वास्थ्य मन्त्रालयले खुलाएन ।
मृत्यु हुने कार्भेका २१ वर्षे युवा रहेका छन् । नेपालमा बर्ड फ्लुको कारण मानिसको मृत्यु भएको पहिलो पटक हो ।
बर्ड फ्लुको कारण व्यक्तिको ज्यान गएपछि यसको असर भने नेपालको पोल्ट्री व्यवसायमा पर्ने देखिएको छ ।