सुधिर बस्नेतको सम्पत्ति लिलामी गर्न सर्वोच्चले रोकेपछि के गर्दैछ समिति? (भिडियोसहित)




काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष युवराज सुवेदीले ओरेण्टल सहकारीका पिडित निक्षेपकर्ताहरुको समस्या समाधान गरेरै छोडने बताएका छन ।

समिति पिडित निक्षेपकर्ताहरुको समस्या कसरी छिटोभन्दा छिटो समाधान गर्न सकिन्छ भन्ने विषयमा निकै गम्भिर भएर लागेको उनले बताए । समितिले निक्षेपकर्तालाई कुनै भेदभाव नगरी समस्याको सुनुवाई गर्ने उनले बताएका हुन ।

पछिल्लो समय समितिले सुधिर बस्नेतको सम्पत्ति लिलामी गर्र्ने निर्णय गरेको थियो । तर उक्त निर्णयलाई सर्वोच्च अदालतले अघि नबढाउन र बस्नेतलाई काम गर्न छुट दिएको छ । सर्वोच्चको उक्त आदेशपछि समितिले लिलामी पक्रिया अघि बढाउन सकेको छैन ।

उक्त निर्णयपछि समितिले सर्वोच्च अदालतमा भ्याकेट होलेको छ । समितिको तर्फबाट हालिएको उक्त भ्याकेट समितिको पक्षमा आएमा समितिलाई काम गर्न सहज हुनेछ तर भ्याकेटको सुनुवाई समितिको पक्षमा नआएमा त्यसपछि समिति कसरी अघि बढछ भन्ने कुरा हेर्न बाँकि नै छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अध्यक्ष सुवेदी भन्छन– सर्वोच्चको आदेशपछि अहिले लिलामी प्रक्रिया रोकेका छौ । अदालतको निर्णय हामीले मान्नैपर्छ । अदालतको उक्त आदेशपछि हालिएको भ्याकेट समितिको पक्षमा आए पनि नआएपनि कुनै तरिका अपनाएर पिडितहरुलाई न्याय दिलाउनेछौ ।

सर्वोच्चको उक्त आदेशपछि समितिले अहिले के गरिरहेको छ र आगामी दिनमा कसरी अघि बढने सोचाईमा छ त ? यसबारे समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा अध्यक्ष सुबेदीको धारणा के छ ?

भिडियोमा हेर्नुहोस


क्लिकमान्डु