झ्याप्प आकांक्षा राख्न याेजना आयोगलाई प्रधानमन्त्रीको सुझाव



काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी पाँच आर्थिक वर्ष अवधि समेट्ने १५ औं योजनाको आधार पत्र मन्त्रिपरिषदको स्वीकृतीका लागि प्रस्ताव गर्न स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

बैंठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं योजनामा १४ औं योजनको समिक्षा पनि आवश्यक भएको बताए । त्यसमा केही बाधा ब्यवधान देखिएको खण्डमा त्यसलाई हटाउँदै १५ औं योजना अघि बढाउनु पर्ने उनको भनाई छ ।
योजना आयोगका अध्यक्ष समेत रहेका ओलीले १५ औं योजनामा ठूला महत्वकाङक्षा नराखेको गुनासो गरेका छन् । योजनामा ठूला आंकक्षालाई पनि राखेर अली ठूला महत्वकांक्षा बोक्न आग्रह गरेका छन् ।

उनले भने, ‘केही गर्ने हो भने ठूला आंकक्षा राख्नुपर्छ, त्यति मात्र हैन, अब हामीले महत्वकांक्षा पनि राखेर जानुपर्छ, तपाईहरुले पनि ठूलो आंकक्षा राख्नु । ओलीले यो योजनामा आंकक्षा नपलाएको भन्दै यसमा झ्याप्प आकक्षा राख्न आयोगका अधिकारीहरुलाई सुझाव दिएका छन् ।

ओलीले बैठकमा अहिले नेपालमा १७, १८ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनी रहेको र ती कोही पनि खानै नपाएर नमर्ने बताए । प्रधानमन्त्री ओलीले भने ‘अब नेपालमा कोही पनि भोकै मर्दैन, अब आईएनजिओहरुले आमा सम्मेलन गरेर केही हुनेवाला छैन, कसैले पनि बाध्यताले मागेर खान पर्दैन, प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको छंदैछ ।’

बैठकमा प्रधानमन्त्री ओलीले अब विस्तारै देश निर्याततर्फ पनि लाग्नु पर्ने बताए । उनले अबको केही समयमा नै नेपाल सिमेन्टमा आत्मनिर्भर बन्दै भारत, बंगलादेश लगायतका देशमा निर्यात समेत गर्ने योजनमा रहेको बताए ।


क्लिकमान्डु