आगामी आर्थिक वर्षमा दोहोरो अंकको आर्थिक बृद्धि गरिन्छ: प्रधानमन्त्री ओली




काठमाडौं । प्रधानमन्त्री के.पी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंकको आर्थिक बृद्धि गर्ने बताएका छन ।

राष्ट्रिय योजना आयोगको पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने – दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न केही अवरोध हुन सक्ने र त्यस्ता जटिलता भए चिर्दै अघि बढिन्छ ।

यसका साथै उनले बैठकमा लगानी सम्मेलन मा २६ खर्ब को लगानी आउने प्रस्ताव आएको र त्यो रकम बढ्न सक्ने समेत सङकेत गरेका छन । भारतका प्रधानमन्त्रीले चुनाबपछि भाषण गर्न बाँकी रहेको समेत उनले उल्लेख गरे । यसले पनि लगानी बढन सक्ने प्रधानमन्त्री ओलीको तर्क छ ।
अहिलेको अवस्थामा कानुनी अडचन भएकोले ७ प्रतिशत हाराहारीमा आर्थिक बृद्धि भएको छ – उनले भने । सरकारले अहिले आर्थिक बृद्धिको जग हालेको र यहि जगलाई प्रयोग गरी अघि बढने बताए । सरकार अव यहि अंकमा अडकिएर नबस्ने उनले जिकिर गरे ।

यस्तै विविध कारणले नै आर्थिक बृद्धि दोहोरो अंकले हुने पक्का भएको उनले प्रष्ट पारे ।

सरकारले आर्थिक लक्ष्य हासिल गर्न नसकेको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीकाे यस्तो भनाइ अाएकाे हाे ।


क्लिकमान्डु