ओरियन्टल पीडितले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग छलफल गर्ने



काठमाडौं । ओरियन्टल को–अपरेटिभका पिडित निक्षेपकर्ताहरु यहि आउने मङगलबार सस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा भेला हुने भएका छन ।

पछिल्लो समयमा सर्वोच्च अदालतले सो सहकारीका सञ्चालक सुधिर बस्नेतको पक्षमा फैसला गरिदिएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति समस्यामा परेको थियो ।

समितिले अदालतको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । तर सर्वोच्चले ओरियन्टलका प्रमुख लगानीकर्तालाई एक पटक दिएको फैसलालाई उल्ट्याएर अर्को निर्णय गर्ला वा नगर्ला त्यो भने अहिल्यै केही भन्न सकिने अवस्था छैन ।

पीडितहरूलेले आज एक सूचना प्रकाशित गरी पीडित निक्षेकपकर्तालाई  भेला हुन अाहवान गरेका छन  ।

 


क्लिकमान्डु