भरतपुरमा एक हप्ता विद्युत कटौती हुने, यस्तो छ कारण



रत्ननगर । भरतपुर सबस्टेशनमा रहेका ‘फिडर’ मा दैनिक चारदेखि पाँच घण्टासम्म विद्युत्भार कटौती हुने भएको छ ।

शुक्रबारदेखि सो सबस्टेशनका १५ एमभिएका ट्रान्सफर्मर हटाएर ३० एमभिएका ट्रान्सफर्मर राख्ने काम शुरु गरिएकाले दैनिक तीन पटकसम्म गरी पाँच घण्टा विद्युत्भार कटौती गरिने विद्युत प्राधिकरण कार्यालयका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए ।

“एक हप्तासम्म १५ एमभिए ट्रान्सफरमर परिवर्तन गरी सक्छौ”, उनले भने, “यो काम सकेपछि २२ एमभिएका ट्रान्सफर्मर पनि परिवर्तन गर्ने र ३७ एमभिए क्षमतालाई ६० पु¥याउछौ ।” बढ्दो शहरीकरणसँगै अत्यधिक विद्युतको माग र ट्रान्सफरमरले लोड नधानेपछि क्षमता वृद्धि गर्नु परेको उनले जानकारी दिए । प्रमुख महतोले यो समयमा माडी, चनौली, गीतानगर, रामपुर फिडरमा जोडिएका ग्राहकको विद्युत आपुर्ती बन्द नहुने बताए । रासस


क्लिकमान्डु