एक महिनामा कुन विकास बैंकको सेयरको भाउ कति बढ्यो ? (सूचिसहित)
काठमाडौं । सेयर बजारमा देखिएको सुधार सँगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
यतिबेला अन्य जस्तै डेभलपमेन्ट बैंक समूहको कारोबारमा पनि सुधार आएको छ । यो साताको अन्तिम दिन बिहीबारको कारोबारमा डेभलपमेन्ट बैंक उपसमूहको सेयर मूल्य ४५.२९ अंकले बढेको छ ।
विगत एक महिना (चैत्र ११ देखि वैशाख १२ गतेसम्म) कोे तथ्याङकलाई हेर्दा धेरै सबै डेभलपमेन्ट बैंकको सेयर मूल्य बढ्न थालेको छ ।
एक महिनाको अविधमा यो अवधिमा सबै भन्दा बढी गण्डकी विकास बैंकको सेयर मूल्य सबै भन्दा बढी १६.१२ प्रतिशतले बढेको छ । यस्तै सबै भन्दा कम देवः विकास बैंकको छ ।
यो बैंकको सेयर मूल्य यो एक महिनाको अवधिमा जम्मा ७.९३ प्रतिशतले मात्र बढेको छ । त्यसपछि ज्योति विकास बैंकको ८.०८ प्रतिशतले मात्र बढेको छ ।