वैशाख लागेसँगै बैंकहरु ऋणमा आक्रामक, कहाँ गयो बैंकबाट हराएको ७ अर्ब ?



काठमाडौं । बैशाख लागेसँगै वाणिज्य बैंकहरुले आक्रामक कर्जा दिएको देखिएको छ ।

वाणिज्य बैंकहरुले पहिलो सातामा मात्र कर्जामा १७ अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।

राष्ट्र बैंकका अनुसार नेपाली मुद्रामा वाणिज्य बैंकसँग अघिल्लो शुक्रबारसम्ममा २५ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप छ भने कर्जा २३ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ ।

बैंकसँगको चैतको तेस्रो सातानै २५ अर्ब ९१ अर्ब रुपैयाँ निक्षेप पुगेपनि अन्तिम साता प्रणलीबाट ७ अर्ब रुपैयाँ झिकिएको थियो । जसले गर्दा चैतको अन्तिम साता वाणिज्य बैंकमा २५ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप भएको थियो ।

बैंकहरुसँग चैतको अन्तिम सातासम्ममा २३ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा दिएका थिए । पहिलो साता गत शुक्रबारसम्मा २३ खर्ब ६६ अर्ब रुपैयाँ ऋण दिएका छन् । यसरी एकसातमा नै १७ अर्ब रुपैयाँले ऋण बढेको छ ।

अन्तिम साता भने बैंकिङ प्रणालीबाट कर प्रयोजनका लागि ७ अर्ब रुपैयाँ घटेको बताइएको छ ।

विदेशी मुद्रा सहित जोड्दा गत शुक्रबारसम्ममा वाणिज्य बैंकमा २७ खर्ब २ अर्ब निक्षेप पुगेको छ भने कर्जा २४ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु