सानिमा र एसबिआईको फ्रि प्रोफिट १ अर्ब कट्दा सिदार्थ बैंकको ८९ करोड



काठमाडौं । सानिमा बैंक र एसबिआई बैंकको सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब कट्दा सिदार्थ बैंकले ८९ करोड ५३ लाख रुपैयाँ फ्रि प्रोफिट भएको विवरण सार्वजनिक गरेको छ ।

बिहीबार तीनवटा वाणिज्य बैंकले आफ्नो विवरण सार्वजनिक गरेका छन् । एसबिआई बैंकले चैत मसान्तसम्ममा १ अर्ब ६० करोड रुपैयाँ नाफा भएको विवरण सार्वजनिक गरेको छ । बैंकका अनुसार बाड्न मिल्ने नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको जनाएको छ । चैत मसान्तसम्मा बैंकमा १ खर्ब निक्षेप रहेको छ भने कर्जा ८५ अर्ब ७९ करोड रहेको छ ।

एसबिआई बैंकको इपिएस २५.२६ रुपैयाँ रहेको छ । यस्तै बैंकको बेसरेट ९.७३ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७५.५८ प्रतिशत रहेको छ ।

यस्तै सानिमा बैंक १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको बाड्न मिल्ने नाफा १ अर्ब १७ करोड रहेको छ ।

सानिमाले चैत मसान्तसम्ममा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा ७९ अर्ब १३ करोड गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी २६.५२ रुपैयाँ रहेको छ । यस्तै बेसरेट ९.३१ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७८.५८ रहेको छ ।

सिदार्थ बैंकले १ अर्ब ६३ करोड नाफा गरेको विवरण सार्वजनि कगरेको छ । बैंकको बाड्न मिल्ने नाफा भने ८९ करोड रुपैयाँ रहेको छ ।

बैंकको चैत मसान्तसम्ममा बैंकसँग १ खर्ब ५ अर्ब निक्षेप छ भने कर्जा १ खर्ब १ अर्ब रहेको छ ।

सिदार्थ बैंकको प्रति सेयर आम्दानी २४.२१ रुपैयाँ रहेको छ ।
बैंकको बेसरेट १०.३७ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ७८.९१ प्रतिशत रहेको छ ।


क्लिकमान्डु