एन आई सी एशिया बैंकले खोल्यो एकैदिन ५ वटा नयाँ शाखा
काठमाडौ । एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा खालेको छ ।
नयाँ शाखा कार्यालयहरुमा मध्यपुर थिमी नगरपालिकामा थिमी शाखा, कागेश्वरी मनोहरा नगरपालिमा गोठाटार शाखा, सूर्यविनायक नगरपालिकामा बालकोट शाखा, चद्रांगिरी नगरपालिकामा सतुंगलचोक शाखा तथा बारा जिल्लाको फेटा शाखा रहेका छन ।
हाल यस बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ