बजेटमा सेयर लगानीकर्ताका दर्जन बढी सुझाब, के के हुन् ती ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटका लागि सुझाव लिन आयोजित कार्यक्रममा सेयर बजारसँग सरोकार राख्ने संघ संस्थाहरुले दर्जन बढी सुझाव दिएका छन् ।

कार्यक्रम नेपाल इन्भेष्टर फोरमका प्रतिनिधि अन्जिब तुलाधरले गैरआवासिय नेपाली संघलाई नेपालमा पुँजी बजारमा लगानी गर्ने व्यवस्था बजेटमा हुनुपर्ने, डिबेन्चर, बण्ड, सरकारी ऋणपत्र र ओटिसी मार्केटलाई पन चलायन मान गर्ने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको सुझाव दिए ।

मनि लाउन्ड्रीको नाममा नेपाली लगानीकर्ताहरुको मनोबल कमजोर हुने गरी कुनै पनि काम नगर्न सुझाव दिए । उनले आवश्यक भन्दा बढी केवाईसी फर्म भर्नु परेको भन्दै त्यसलाई न्यून गर्न र सरकार पुँजी बजारप्रति सकारात्म रहेको भएपनि त्यस खालका कार्यक्रम ल्याउन सुझाव दिए ।

सेयर लगानी गर्ने सानो भन्दा सानो लगानीलाई पनि प्रोत्साहन हुने गरी सेयर शिक्षा आवश्यक भएको भन्दै त्यसको लागि बजेटमा व्यवस्था गर्नुपर्ने उनको सुझाब छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले दिएको ५८ बुँदा मध्ये कार्यान्वय नभएका लागि कार्यान्वयनमा ल्याउनका लागि बजेटमा नै व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

यस्तै प्राथमिक र दोस्रो बजारमा लगानी गर्न ऋण लिन चाहने लगानीकर्ताका लागि एक अंक ब्याजमा ऋण उपलब्ध हुने व्यवस्था बजेटमा गर्न सुझाव दिएका छन् ।

यता नेपाल पूँजी बजार लगानीकर्ता संघले पूँजीगत लाभकर ७.५ प्रतिशतबाट ५ प्रतिशत मा झानर्नुपर्ने र यसैलाई अन्तिम कर घोषणा गर्न माग गरेको छ ।

संघकी अध्यक्ष राधा पोखरेलले सुझाव दिने क्रममा मार्केट मेकरको लागी ब्यवस्था गर्नुपर्ने, सेयर ऋणमा लगाएको चर्को ब्याज घटाउनु पर्ने,सेयर धितो कर्जाको सिमा ६५ प्रतिशतबाट ८० प्रतिशत पुर्याउन सुझाव दिएकी छन् । उनले सबै लगानीकर्ताको हातमा सर्बसुलभ तरिकाले अनलानइन टे«डिङ सिस्टम पुरयाउन सुझाव दिएकी छिन् ।

गत बर्ष बजेट मार्फत आएको बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरा चाँडा. भन्दा चाँडोे कार्यान्वय गर्न, सेयर शिक्षा कार्यक्रम देशब्यापी बनाउन सुझाव दिएकी छिन् । सेयर बजारमा पनि महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गर्न सुझाव दिएकी छिन् ।

उक्त माग अर्थमन्त्री डा. युबराज खतिवडालाई पनि बुझाईसकेको बताएकी छिन् ।


पुष्प दुलाल