देश बनाउन अर्थमन्त्रीलाई कृष्णहरि बास्कोटाको सुझावः रक्सी मुक्त नेपाल घोषणा गरौ



काठमाडौं । नेपाल व्यवस्थापन संघले आयोजना गरेको बजेट पूर्वको छलफल कार्यक्रम ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा थिए अर्थमन्त्री डा युवराज खतिवडा । विभिन्न क्षेत्रका विज्ञहरुले मन्तव्य दिएर अर्थमन्त्री खतिवडालाई बजेटको विषयमा सुझाव दिए ।

कतिपयले लिखितमा सुझाव दिए ।

कार्यक्रममा वक्ताको रुपमा आमन्त्रित थिए राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले अर्थमन्त्री डा युवराज खतिवडालाई २४ बुँदे सुझाव पेश गरे ।

जसमा बास्कोटाले नेपालमा पूर्ण रुपमा रक्सी प्रतिबन्ध गर्नुपर्ने देखि लिएर बिवाहमा हुने भोज भतेरमा आफन्त बाहेकलाई निम्ता गर्न रोक्नुपर्ने खालको रहेको छ ।

यस्तै शिक्षा स्वास्थ्यलाई पूर्ण रुपमा निजी व्यापार निशेध गर्नुपर्ने तथा पैत्रकि सम्पत्तिमा निशेध गर्नुपर्ने सुझाव दिएका छन्  ।

नेपाललाई हलो मुक्त बनाउने देखि लिएर पाँचवटा कुरा तरकारी,फलफूूल,दुग्ध पदार्थ र कृषिजन्य वस्तुमा आत्मनिर्भर हुनुपर्ने उल्लेख गरेका छन् ।

यस्तै प्राविधिक शिक्षामा जोड दिनको लागि अहिलेको शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने उल्लेख गरेका छन् । सामाजिक विज्ञानमा ८० प्रतिशत मात्र ल्याउने विद्यार्थीलाई पढ्न पाउनुपर्ने व्यवस्था लागुगर्नुपर्ने अन्य विद्यार्थीलाई प्राविधिक शिक्षा बढाउनुपर्ने बास्कोटाको सुझाव छ ।

बास्कोटाको सुझाव सुनेपछि अर्थमन्त्री खतिवडाले बास्कोटाजीलाई जस्तो कलाकारिता ढंगको कुरा गर्न आफुलाई नआउने बताए ।


क्लिकमान्डु