पर्वतारोहीलाई पर्यटन विभागको चेतावनीः अनुमति नलिई ड्रोन चलाए कारबाही



काठमाडौं । पर्वतारोहणका लागि जाने पर्वतारोहीहरुले अनुमति नै नलिई ड्रोन प्रयोग गरेको खण्डमा पर्यटन विभागले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागबाट अनुमति लिएर आरोहणमा गएका पर्वतारोहीहरुले अनुमति नै नलिई ड्रोन प्रयोग गरेपछि बोर्डले यस्तो चेतावनी दिएको हो ।

अनुमति नै नलिई ड्रोन प्रयोग गरेको भन्दै सगरमाथा राष्ट्रिय निकुञ्जले ड्रोन जफत गरेको र केहीलाई अझै जफत गर्ने क्रममा जनाएको छ ।

बोर्डले सूचना जारी गर्दै पर्वतारोहणमा जाने पर्वतारोहीलाई व्यवस्थित गर्ने ट्राभल-टे«किङ तथा पर्वतारोहण सम्बन्धी काम गर्ने एजेन्सीले आफु अन्तर्गत रहेर आरोहण गर्ने अनुमति लिएका पर्वतारोहीलाई अनुमति नलिइ ड्रोन प्रयोग गर्न नदिन आग्रह गरेको छ ।

अनुमति नै नलिई ड्रोन प्रयोग गरेको पाइएमा पर्वतारोही तथा सम्बन्धित एजेन्सीलाई समेत प्रचलित कानून बमोजिम कारबाही गर्ने बोर्डको भनाई छ ।


क्लिकमान्डु