२ महिनामा कुन बैंकको सेयर किन्नेले कति कमाए ? प्रभुको किन्ने मालामाल (सूचिसहित)



काठमाडौं । लामो समयदेखि सेयर बजारमा देखिएको गिरावटले धेरै लगानीकर्ताहरुलाई निरास मात्रै होइन, आक्रोश पनि बनायो । घाटा खाएपछि लगानीकर्ताहरु अनसनदेखि आन्दोलनसम्म उत्रिए ।

किनेको मूल्य भन्दा पनि तल साधारण सेयरको मूल्य झरेका कारण लगानीकर्ताहरु निरास र आक्रोशित बन्नु अस्वभाविक थिएन ।

सेयर बजारमा ठूलो हिस्सा वाणिज्य बैंकको छ । सेयर बजारमा बैंकिङ समूहको सूचक जति तलमाथि हुन्छ, नेप्से सूचक पनि अपवाद बाहेक पनि तलमाथि हुन्छ ।

केही समयअघि त कतिपय बैंकको सेयर मूल्य झण्डै साधारण सेयर मूल्यका हाराहारीमा आईपुगेको थियो । मंगलबारसम्मको कारोबारमा हेर्दा सेन्चुरी, सिभिल र जनता बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा तल नै रहेको छ ।

तर पछिल्लो समयमा आएर बैंकिङ समूहकोमा केही सुधार देखिएको छ । विगत २ महिनाको वाणिज्य बैंक तर्फको सेयर मूल्य हेर्दा अधिकांश बैंकको सेयर मूल्य बढेको छ । तर यो अवधिमा कुमारी बैंकको सेयर मूल्य भने २.५८ प्रतिशतले घटेको छ ।

यो अवधिमा सबै भन्दा बढी नेपाल एसबीआई बैंकको सेयर मूल्य ३४.३० प्रतिशतले बढेको छ । यस्तै प्रभु बैंकको ३३.०१, एभरेष्ट बैंकको ३२.०८ प्रतिशत, हिमालयन बैंकको २९.१९, एनआइसी एसिया बैंकको २७.६०, माच्छापुच्छे«को २७.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बैंक सेयर मूल्य फागुन ९ सेयर मूल्य वैशाख १० प्रतिशतमा
कृषि विकास 333 346 3.903903904
बिओके 242 281 16.11570248
सेन्चुरी 158 170 7.594936709
सिटिजन्स 203 230 13.30049261
सिभिल 151 157 3.973509934
एभरेष्ट 508 671 32.08661417
ग्लोबल आइएमइ 260 302 16.15384615
हिमालयन 435 562 29.1954023
जनता 166 193 16.26506024
कुमारी 232 226 -2.586206897
लक्ष्मी 185 230 24.32432432
माछापुच्छ्रे 209 266 27.27272727
मेगा 159 182 14.46540881
नविल 803 881 9.713574097
नेपाल बंगलादेश 183 231 26.2295082
नेपाल बैंक 284 309 8.802816901
एनसीसी 206 233 13.10679612
नेपाल इनभेष्टमेन्ट 504 565 12.1031746
नेपाल एसबीआइ 376 505 34.30851064
एनआसी एसिया 384 490 27.60416667
एनएमबी 301 380 26.24584718
प्रभु 209 278 33.01435407
प्राइम 309 344 11.32686084
सानिमा 292 340 16.43835616
सिद्धार्थ 276 344 24.63768116


पुष्प दुलाल