घरमै बसेर प्रभु बैंकको खाता खोल्न सकिने



काठमाडौं । प्रभु बैंकको खाता खोल्न अब बैंकसम्म पुग्न नपर्ने भएको छ । खाता खोल्नका लागि घरमै बसेर सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधिसहित बैंकिङ सेवा उपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

सूचना प्रविधिको उपयोग गर्दै आफ्नो घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट पनि अझै सरल र सहज रुपमा बैंकमा अनलाइन खाता खोल्न सक्ने व्यवस्था मिलाइएको जानकारी गराएको छ ।

बैंकले सञ्चालनमा ल्याएको अनलाइन खाता सम्बन्धी सेवाबाट बैंकमा खाता खोल्न चाहने ग्राहकहरुले बैंकको शाखा कार्यालयसम्म नपुगी आफु रहेको स्थानबाट अनलाइन खाता खोल्ने आवेदन गर्न, अनलाइन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको जारी विज्ञप्तिमा उल्लेख छ । यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको अनलाइन ए/सी ओपनीङ बटन क्लिक गर्नुपर्नेछ ।

बैंकले सञ्चालनमा ल्याएको अनलाइन खाता सम्बन्धी सेवाबाट ग्राहकहरुको समय बचत हुने तथा विना झण्झट आफ्नो समय अनुकुल हुनेगरी आफु रहेको स्थानबाट अनलाइन खाता खोली बैंकको सेवा उपभोग गर्न सकिने भएकोले अधिकतम् ग्राहकहरुले यसबाट लाभ लिने अपेक्षा रहेको बैंकले अपेक्षा रहेको छ ।


क्लिकमान्डु