हावाहुरी पिडितका लागि सिटिजन्स बैंकको १० लाख रुपैंया सहयोग



काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनलले बारा र पर्सामा विनाशकारी हावाहुरीबाट प्रभावित परिवारलाई सहयोग गर्ने अभिप्रायले दश लाख सहयोग गर्ने भएको छ ।

बैकले हावाहुरी पिडितलाई सहयोग जुटाउनका लागि “सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५” को स्थापना गरेको थियो । बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहत कोषमा बैंकको तपÞर्mबाट दस लाख र अन्य सहयोगी दाताहरूबाट जम्मा भएको कुल रकम दश लाख सैतिस हजार सन्तानब्बे रुपैया बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले हाल ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु