प्रभु बैंकको शाखा कीर्तिपुरमा



काठमाडौं । प्रभु बैंकले आफ्नाे शाखा काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका-९ बाट सञ्चालमा ल्याएको छ । उक्त शाखाको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले उद्घाटन गरेका छन् ।

कार्यक्रमका मेयर महर्जनले बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय सेवा उपलब्ध गराएकोमा प्रंशसा गरे । उनले नगरबासीहरुलाई प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने आग्रह गरे ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले समग्र कीर्तिपुरबासीको आर्थिक समृद्धिका लागि बैंक आप्mना ग्राहकसँग आवश्यकता अनुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको बताए ।

बैंकले सरकारको नीति अनुरुप नेपाल राष्ट्र बैंकद्धारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकोले आप्mनो आवश्यकता अनुसार कर्जा उपभोग गरी आर्थिक अवस्था सुदृढ गर्न अनुरोध गरे ।


क्लिकमान्डु