पृथ्वी दिवसको अवसरमा एभरेष्ट बैंकद्वारा वृक्षारोपण



काठमाडौं । एभरेष्ट बैंकका उच्च पदस्थ अधिकारिदेखि कर्मचारीहरुले वृक्षरोपण गरेका छन् । बैंकका कर्मचारीले वातावरण संरक्षण गर्नु आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व भएको भन्दै पृथ्वी दिवसको अवसरमा ललितपुर महानगरपालिकाका विभिन्न ठाँउमा वृक्षा रोपण गरेको जनाएको छ ।

हरित अभियान सहकार्य गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको सहकार्य र प्रगतीशिल धारा सुधार समितिको सयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पूल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली प्रर्वद्धन र वायु प्रदुषण न्युनीकरण गर्न यस अभियानको थालनी गरिएको हो ।

वृक्षरोपण पश्चात बोल्दै एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले भने, ‘उपत्यकाको वातावरणीय गुणस्तर खस्कदै गइरहेको छ । वातावरण स्वच्छ र सफा राख्नु र त्यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो । पृथ्वी दिवसको अवसरमा एभरेष्ट बैंकले महानगरसँग सहकार्य गरेरे सकारात्मक काम गर्न पाउँदा निकै खुसी लागेको छ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत लाजिम्पाट, कुपण्डोल, पुल्चोक, लगनखेल लगायतका स्थानमा वृक्षरोपण कार्य गरिसकेको छ, पोखरामा प्रदुषण न्युनीकरण गर्ने शव दाह गृह निर्माण एवं विश्व सम्पदा सुचीमा रहेको लुम्बिनीमा पिउने पानीको व्यवस्था तथा अन्य स्थानमा सार्वजनिक शौचालय निर्माणमा पनि बैंकले सहयोग गर्दै आईरहेको छ ।’


क्लिकमान्डु