महालक्ष्मी विकास बैँकको नयाँ शाखा काेटेश्वरमा



काठमाडौं । महालक्ष्मी विकास बैंकले कोटेश्वरमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालन गरेको छ ।

उक्त शाखा सञ्चालनमा आए पश्चात् यस बैंकको कुल शाखा संख्या ९३ पुगेको बैंकले जनाएको छ ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने जानकारी समेत बैंकले गराएको छ ।


क्लिकमान्डु