वायुसेवा निगमको जहाज चीन उँड्ला ?



काठमाडौं । नेपाल वायु सेवा निगामले चीनका विभिन्न प्रान्तमा वयवसायिक उडान भर्ने तयारी गरेको लामो समय भयो । तर चिनियाँ अधिकारीले सधै हुन्छ मात्रै भन्ने कार्यान्वयनका लागि व्यवहारिक निर्णय भने नगर्ने गर्दै आएका छन् ।

चिनियाँ जाहज ल्याएर सेतो हात्ती पाले जसरी पालीरहेको निगमले व्यवसायिक सुरक्षाका लागि समेत चीनका विभिन्न राज्यमा उडानका लागि आग्रह गरेको पनि लामो समय भयो । तर चीन सरकारले उडानको अनुमति दिएको छैन ।

छलफल छलफलमा मात्रै सिमित भएको छ । कार्यान्वयनको प्रक्रिया समेत सुरु हुन सकेको छैन । चिनियाँ राष्ट्रपति सि जिङ पिङको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते चीन भ्रमणमा जान लागेकी छिन् ।

राष्ट्रपति भण्डारी चीन भ्रमणमा जान लागेको सन्दर्भमा फेरी पनि नेपाल वायु सेवा निगमको जहाज चीन उड्ने विषयमा चर्चा सुरु भएको छ । तर आवश्यक निर्णय भने कहिले र कसरी होला भन्ने सन्देह समेत उस्तै रहेको छ ।

राष्ट्रपति भण्डारीका लागि निगमको न्यारोबडी जहाज चार्टर गरिने भएको छ । चीनमा रहँदा राष्ट्रपतिले निगमका जहाज चीनका विभिन्न गन्तव्यमा उडाउने विषयमा छलफल गर्ने तयारी भएको अपुष्ट दावी गरिएको छ । तर कुन तहका मन्त्री वा अधिकारी वा कुन निकायसँग त्यसबारेमा छलफल गरिने हो भन्ने बारेमा केही बताइएको छैन ।

निगमले राष्ट्रपतिका लागि जहाज चार्टर गर्दा १ करोड ३५ लाख रुपैयाँ बराबरको चार्टर शुल्क लिने भएको छ । निगमले चीनको प्रमुख मानिएका छेन्दु, ग्वान्जाऊ, बेइजिङ जस्ता गन्तव्यमा उडान भर्ने इच्छा व्यक्त गरेको छ । तर ती गन्तव्यमा चीनले अअनुमति दिने सम्भावना कम रहेको छ ।

निगमले पटक पटक ती गन्तव्यमा जहाज उडान विषयमा छलफल गरेपनि कुनै निष्कर्ष निस्केको छैन । निगमले केही समय भित्रै जापानमा उडान गर्ने तयारी गरेको छ ।

तर चीनको विषयमा भने कुनै तयारी हुन सकेको छैन । नेपाल भ्रमणमा आएका चिनियाँ उच्च अधिकारीले निगमको जहाज उडन दिने विषयमा सहमति जनाउँछन्, तर कार्यान्वयन गर्दैनन् ।


क्लिकमान्डु